ताजा समाचार:
Search

माउण्टमा दशैं विशेष कार्यक्रमको समापन

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, असोज २३ गते । IMG_2802  म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा सोमबार दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ । दशैंतिहार विशेष कार्यक्रम अन्तर्गत सप्ताहव्यापी खेलकुद, दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक, पुस्तक विमोचनसहित विविध कार्यक्रमहरु गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उनले विद्यालयले उत्पादन गरेको शैक्षिक जनशक्ति देशको विभिन्न क्षेत्रमा संलग्न रहेको भन्दै शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयले योगदान पु¥याएको बताएका थिए ।

कार्यक्रमको अवसरमा विद्यालयका प्रिन्सिपल डाक्टर त्रिदिप उपाध्यायद्वारा लिखित ‘ीयलन त्ष्mभ ब्नय’ नामक पुस्तकको विमोचन गरिएको थियो । IMG_2807कार्यक्रमका प्रमुख अतिथि प्रजिअ अधिकारी, विद्यालयका अध्यक्ष चन्द्रकुमार केसी र सञ्चालकहरुले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । कार्यक्रमको अवसरमा दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरी पुरस्कार वितरण समेत गरिएको थियो । यसअघि विद्यालयमा सञ्चालित सप्ताहव्यापाी अभिभावक र विद्यार्थीको खेलकुद प्रतियोगिताको पनि पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यालयको मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययनरत विभिन्न तहका विद्यार्थीहरुले भेषभूषासहित फरक संस्कृतिलाई प्रतिनिधित्व गर्ने नृत्य प्रस्तुत गरेका थिए ।IMG_2824

सोही क्रममा सङ्गित आलेख्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका सञ्चालकहरु किरण सापकोटा, राजु केसी र अभिभावक चिना कार्कीले मन्तव्य राखेका थिए । कार्यक्रम माउण्ट एभरेष्ट फाउण्डेशन प्रालिका अध्यक्ष चन्द्रकुमार केसीको अध्यक्षता, भाइस प्रिन्सिपल अमृत सापकोटा र विद्यार्थी सुरङ्गना बोगटीको स्वागत, शिक्षकद्वय धर्मेन्द्र सुवेदी तथा चन्द्रा रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।