जन्मदिनको अवसरमा शान्तिकोषलाई सहयोग

विकल्प न्यूज/बेनी
असोज २ गते । DSC_0277मालिका गाउँपालिका ६ दरवाङ स्थायी घर भई हाल म्याग्दी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरको दास्रो सेमेस्टारमा अध्ययनरत रश्मी रोका मगरले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गर्नुभएको छ ।
डेढकरोड पु¥याउने शान्तिकोषको अभियानलाई सहयोग पु¥याउन रोकाले पाँच हजार पाँचसय ५५ रुपियाँ सहयोग गर्नुभई आजिवन सदस्य बन्नुभएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
विद्यार्थी आन्दोलनमा सक्रिय रोका म्याग्दी बहुमुखी क्याम्पस स्ववियू सदस्य तथा अनेरास्ववियू म्याग्दीको जिल्ला सहसचिव हुनुहुन्छ ।