सन्दिप शर्मा/म्याग्दी
साउन २३ गते । बेनी नगरपालिका क्षेत्र भित्र महिला र बालहिंसालाई न्यूनिकरण गर्नका लागि एकवर्षे कार्ययोजना तयार पारिएको छ । सोमवार र मंगलबार बेनीमा भएको लैङ्गितामा आधारित विभेद विरुद्ध नागरिक समाजको सञ्जालले आयोजना गरेको कार्यशाला गोष्ठीले एकवर्षे कार्ययोजना तयार पारेको हो ।
सिविन नेपाल म्याग्दीको समन्वय र प्लान इन्टरनेश्नलको सहयोगमा दुइदिन सम्म सञ्चालन भएको कार्यशाला गोष्ठीले बेनी नगरपालिका भित्र रहेका सबै वडा तहमा लैंङ्गिकता, महिला हिंसा, वाल बिवाह, सामाजिक सञ्जालको दुरुपयोग, हानिकारक परम्परागत प्रचलन तथा लागु औषधका जस्ता समस्याका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न एकवर्षे कार्ययोजना तयार पारिएको सञ्जालकी अध्यक्ष दिवा पुनले बताउनुभयो
कार्यक्रममा नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ र सिवीन नेपाल म्याग्दीका प्रमुख प्रेम सोङमेनले सहजीकरण गर्नुभएको थियो । कार्यशालामा जनप्रतिनिधि विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि,सञ्चारकर्मी,युवा महिला समुहका प्रतिनिधि,सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्ययोजनालाई बेनी नगरपालिका र अन्य सहयोगी संस्थाहरुको सहयोगमा कार्यन्वयनमा लगिने सिविन का म्याग्दी संयोजक सोङमेनले बताउनुभयो ।