गलेश्वरमा करिब तिन लाख रुपैयाँ भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ८ साउन । 37721604_2065325067117203_6606511354608091136_nबेनी नगरपालिका ९ मा रहेको गलेश्वरमा एकै दिन करिब तिन लाख रुपैयाँ भन्दा बढी भेटी संकलन भएको छ । सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले दुई लाख ८८ हजार २७१ रुपैयाँ भेटी चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार संकलीत भेटि रकम सार्वजनिक गरेको हो ।IMG_9327कोषका सचिव माधवप्रसाद रेग्मीले पहिलो हप्ताको सोमबार बिस हजार भक्तजनले गलेश्वरको दर्शन र पुजाआजा गरेका जानकारी दिनुभयो । मन्दिरमा संकलन हुने भेटि प्रत्येक हप्ता र मासीक रुपमा सार्वजनिक गरिदै आएको छ । IMG_9342धार्मीक गन्थ्रहरुमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ । कालीगण्डकी नदीको किनारमा चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।

गलेश्वरमा पुजाआजा र दर्शनका लागि म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौ लगायत देशका सबै ठाउँ र भारतबाट हिन्दु धर्मावलम्बीहरु आउने गर्दछन् ।