बेनपा ६ मा मदिरा नियन्त्रणको पहल

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १ साउन  । IMG_6897 बेनी नगरपालिकाको ६ नम्बर वडामा मदिरा नियन्त्रणको पहल थालीएको छ । वडाका जनप्रतिनिधिहरुको सोमबार बसेको बैठकले मदिरा नियन्त्रण अभियान चलाउने निर्णय गरेको हो ।

मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनका कारण सामाजिक अपराध, बिकृती, बिचलन, सद्भाव र शान्ति सुरक्षामा असर, घरेलु हिंसामा बढोत्तरी भएपछि नियमनका लागि मदिरा सेवन र बिक्री वितरण गर्ने समय तालीका बनाइएको वडा अध्यक्ष कृष्णबहादुर बानियाँले बताउनुभयो ।

वडा क्षेत्रमा बिवाह, ब्रतबन्ध, चाडपर्व, सार्वजनीक बिदा, मृत्यु कार्य बाहेकको समयमा बिहान देखि बेलुकी ४ बजेसम्म मदिरा र सुर्तीजन्य पदार्थको बेचबिखन तथा सेवन गर्न प्रतिबन्ध लगाएको छ ।IMG_6902१८ वर्ष भन्दा कम उमेरका व्यक्तिहरुलाई सुर्ती र मदिरा जन्य पदार्थ बेचबिखन गर्न नपाइने र नियम उल्लङ्घन गर्नेलाई नियमनकारी निकासमा कारबाहीका लागि पठाउने निर्णय गरेको वडाले निर्णयका बारेमा नगरपालिका, प्रशासन र प्रहरी कार्यालयमा जानकारी गराएको छ ।
सरकारबाट ईजाजत प्राप्त गरेका कम्पनीलाई भने सार्वजनीक स्थल र १८ वर्ष मुनीका बाहेककालाई कारोबार गर्न दिने निर्णय भएको छ । घरेलु मदिरा, गाँजा, चरेस, लागु पदार्थको अत्याधिक सेवनका कारण घरेलु हिंसा, कुटपिट, झगडा, सामाजिक र सांस्कृतीक बिचलनको समस्या बढेकाले नियन्त्रणका लागि नितीगत पहल थालिएको वडा अध्यक्ष बानियाले बताउनुभयो ।

यसैगरी बेनी नगरपालिकाको ६ नम्बर वडा कार्यालयले पत्रकार सन्तोष गौतम, धु्रबसागर शर्मा, सहकारी अभियान्ता रामबहादुर जिसी र नगरपालिकाका प्राबिधिक हरि आचार्यलाई सम्मान गरेको छ ।

वडाको विकास र सामाजिक गतिबिधिमा योगदान पुराएकोले पुरस्कृत गरिएको वडा सदस्य दयासागर शर्माले बताउनुभयो । सम्मान कार्यक्रममा बेनपा ८ का वडा अध्यक्ष तथा नगरकार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले काम गर्नेलाई सम्मान र गलत गर्नेलाई दण्डीत गर्ने नजिर बसाल्नुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष बानियाको अध्यक्षता, सचिव सगुन कसुजको सञ्चालन र सदस्य शर्माको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।