राष्ट्रिय समाचार
जनप्रिय माविको नवनिर्मित भवन उद्घाटन
विकल्प न्यूज/बेनी कात्तिक २२ गते । म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरबाङ स्थित जनप्रिय माविको नवनिर्मित विद्यालय भवनको मंगलवार उद्घाटन गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा नवनिर्मित विद्यालयको १६ कोठे भवन उद्घाटन गरिएको हो । नवनिर्मित भवनको मंगलबार बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दै उहाँले भवन निर्माण भएपछि […]
मत माग्न अन्नपूर्ण गाउँपालिका पुगे बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार
म्याग्दी २२ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ वडा पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधार निर्माण मार्फत विकास र समृद्धिमा अघि बढाउने प्रतिबद्धता […]
परिचय खुल्नेआधिकारिक कागजातबाट मतदान गर्न पाइने
विकल्प न्यूज/बेनी कात्तिक २२ गते । रघुगंगा गाउँपालिका ३ मौवाफाँटमा रहेको मतदान केन्द्रमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीले आयोजना गरेको नमुना मतदानमा मतदान गर्दै । तस्विर विकल्प न्यूज निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी […]
म्याग्दी खोला जलविद्युत निर्माणका लागि पाँच बैंकबीच आठ अर्ब लगानी सम्झौता
काठमाडौं, कात्तिक २२ गते । ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि पाँच बैङ्कले करिब आठ अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच हाइड्रो भिलेज प्रा.लि.ले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणका लागि कम्पनी र बैंकहरूबीच करिब आठ अर्ब रुपियाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर […]
गठबन्धनलाई मत दिनुहोस् म्याग्दीको विकास गरेर देखाउँछौं
विकल्प न्यूज\बेनी कात्तिक २१ गते । पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र दरवाङमा सोमबार गठबनधनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशभर नयाँ, युवा उमेद्वार रोज्ने लहरको प्रभाव म्याग्दीमा पनि देखिएकाले गठबन्धनले […]
एमालेको चुनावी अभियान ः‘विकासको एजेण्डा बोकेको एमालेलाई भोट दिनुहोस्’
विकल्प न्यूज/बेनी कात्तिक २० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले विकासको एजेण्डा बोकेको एमाले पार्टीलाई भोट दिनुपर्ने बताएका छन् । निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आइतबार बेनी नगरपालिका–३, भकिम्ली र मंगलाको बरंजामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत भकिम्लीको चुनावी […]
चुनावसँग नडराउँने खम्बिर तेस्रो पटक प्रतिस्पर्धाको मैदानमा
विकल्प न्यूज/बेनी कात्तिक १९ गते । आगमी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर) बेलायती सुखसयल छाडेर म्याग्दीको राजनीतिमा क्रियाशिल व्यक्ति हुनुहुन्छ । गर्बुजा दुई दशक यता नेपाली काँग्रेसको राजनीतिमा निकै क्रियाशिल नेता हो । गर्बुजाको नेतृत्व पाएपछि काँग्रेसको संगठन बलियो हुनथालेको हो । गर्बुजा काँग्रेसको दोस्रोपटक […]
एमालेका उम्मेदवार राजनीतिका साथै समाजसेवामा क्रियाशिल
विकल्प न्यूज/बेनी कात्तिक १९ गते । नेकपा एमालेका केन्द्रिय सदस्य भुपेन्द्र बहादुर थापाले नेकपा एमाले म्याग्दीले राजनीति र सामाजिक सेवामा क्रियाशिल व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभएको छ । नेकपा एमालेले अघि सारेका उम्मेदवारसँग गठबन्धनका उम्मेद्वारको कुनै तुलना गर्न नमिल्ने उहाँले दावी गर्नुभयो । लामो राजनीतिक इतिहास र समाजसेवाको अनुभव भएका नेतालाई आगमी मंसिर ४ गते हुने […]
पुलाचौरबाट सुरु भयो एमाले म्याग्दीको चुनावीसभा
विकल्प न्यूज\बेनी कात्तिक १८ गते । नकिजकिँदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्याग्दीमा राजनीतिक दलहरुले चुनावी प्रचार अभियान सुरु गरेका छन् । यसैक्रममा आज (शुक्रवार) नेकपा एमाले म्याग्दीले बेनी नगरपालिका–५, पुलाचौर र मंगला गाउँपालिका–१, कुहुँबाट चुनाव प्रचार अभियानको औपचारिक सुरुवात गरेको हो । पुलाचौर र कुहुँको कार्यक्रमलाई […]
कालिगण्डकी नदीमा फूलको तोरण तारियो (फोटो फिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक १८ गते । पछिल्लो समयमा हाम्रो समाजमा तोरण तार्ने संस्कृति हराउँदै जान थाले पनि केही स्थानमा भने हरिबोधनी एकादशीका दिन पुजाआरधाना गरेर नदी वारपार फुलको तोरण तार्ने पुरानो संस्कृति अझै जिवित छ । यही संस्कृतिलाई जोगाउँन पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीका स्थानीयहरुले हरिबोधनी एकादर्शीका दिन शुक्रबार कालिगण्डकी नदीमा तोरण तारे । […]
घोडेपानीमा घोडादौड प्रतियोगिता सम्पन्न (फोटोफिचर)
सुरेन गुरुङ/म्याग्दी घोडेपानी १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दुरी […]
म्याग्दीको मुहार फेर्ने आफ्नो एजेण्डाः उम्मेदवार श्रेष्ठ
विकल्प न्यूज/बेनी कात्तिक १८ गते । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनावकेन्द्रीत अभियानले तीव्रता पाएको छ । यसैक्रममा एमाले म्याग्दीले सदरमुकाम बेनीबजारको विभिन्न टोलमा पुगेर घरदैलो र मतदाता भेटघाट गरेको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य भूपेन्द्रबहादुर […]
पर्या–पर्यटन ः जलजला गाउँपालिकाका नयाँ गन्तव्यहरु
विकल्प न्यूज/जलजला कात्तिक १७ गते । सहरको भिडभाड र मन भुलाउन बनाइएका कृत्रिम संरचना छाडेर केही दिनलाई प्रकृतिमा रमाउँ भन्ने चाहनुहुन्छ रु त्यसो भए तपाइँका लागि पर्वतको जलजला गाउँपालिका उपयुक्त गन्तव्य बन्न सक्छ । गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका ठाउँ धेरै रहेका छन् । तर, ती गन्तव्यको सही पहिचान र उचित प्रचारप्रसार […]
मतदातालाई विकासको खाका सुनाउँदै गठबन्धनका उम्मेदवार
विकल्प न्यूज/बेनी कात्तिक १७ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले जिल्लाका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेशसभा सदस्य क्षेत्र नं २ का उम्मेदवार नेकपा (माओवादी […]
पर्यटकलाई आकर्षित गर्न घोडेपानीमा घोडादौड प्रतियोगिता
ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक १६ गते । म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिताको आयोजना गरिने भएको छ । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न यहाँका घोडा व्यवसायी,टोल सुधार समिति,आमा समुह र पर्यटन व्यवस्थापन समितिको संयुक्त पहलमा यहि कात्तिक १७ गते विहिवार घोडा दौड प्रतियोगिताको आयोजना गरिने […]