ताजा समाचार:
Search

मत माग्न अन्नपूर्ण गाउँपालिका पुगे बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार

म्याग्दी २२ कात्तिक ।


मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ वडा पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् ।

चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधार निर्माण मार्फत विकास र समृद्धिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
चुनाबी सभाहरुलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा(खमविर)ले गाउँपालिका भित्र सञ्चालनमा रहेका जलविद्युतहरुलाई समयमै सम्पन्न गराउने वातावरण तयार गर्दै उज्यालो गाउँपालिकाको रुपमा विकास गर्न रचनात्मक भूमिका खेल्ने बताउनुभयो ।

उहाँले अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको र अन्नपूर्ण हिमालको आधार शिविरदेखि, पुनहिल, खोप्रा, खयर, तातोपानी कुण्डहरु र विभिन्न तालतलैया, झरना र अग्ला डाँडाकाँडाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिका क्षेत्रलाई नेपालकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बामलोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउन आह्वान गर्नुभयो ।

आमसभालाई सम्बोधनगर्दै प्रदेश सभा निर्वाचन क्षेत्र (क)काउम्मेदवार हरि भण्डारीले कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तरगत म्याग्दी क्षेत्रमा भैरहेको सडक कालोपत्रे र पक्की पुलनिर्माणमा भएको ढिलासुस्ती हटाउन सहजीकरण गर्ने र अन्नपूर्ण गाउँपालिकाभित्रका ग्रामीण सडकहरुको स्तरीय बनाउन आफुले प्राथमिकता दिनेमा जोड दिनुभयो ।

उहाँले सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिका क्षेत्रमाशिक्षा, स्वास्थ्य, खानेपानीको अवस्थामा सुधार ल्याउँदै कृषि र पशुपालनको व्यावसायिकरण र आधुनिकीकरण तथा पर्यटन विकास मार्फत युवाहरुलाई आत्मनिर्भर बनाउने बिषयलाई आफुले एजेण्डा बनाएको बताउनुभयो ।

नेपाली काँग्रेसका पूर्व सभापति रेशमबहादुर बानियाँ, नेकपामाओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्दपौडेल, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, काँग्रेसका समानुपातीक उम्मेदवार बिमलागौचन, माओवादी केन्द्रका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार डाक्टर मिनबहादुर श्रेष्ठ, प्रदेशसभाका समानुपातीक उम्मेदवार बागविर पाईजा, एकिकृत समाजवादीका प्रदेश समानुपातीक उम्मेदवार दिलु बुद्धुजा, दुर्गा कार्की, नेपाली काँग्रेसका प्रदेश निर्वाचन क्षेत्र क का सभापति ओम छन्त्याल, अन्नपूर्ण गाउँपालिकाका सभापति कृष्ण बरुवाल, दानाका वडा सभापति सुरत केसी लगायतले बाम गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभएको थियो ।