राष्ट्रिय समाचार
साङगखोला माथि बन्यो झोलुङ्गे पुल
विकल्प न्यूज\बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित उदिनखोला र ओखरबोट जोड्ने नवनिर्मित देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल उद्घाटन गरिएको छ । साङगखोला माथि निर्माण गरिएको उक्त पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र स्थानीय जेष्ठ नागरिक मनभक्त सिउंथानीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त पुलको लम्बाई एक सय मिटर […]
नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको तयारी
विकल्प न्यूज\बेनी पुस १४ गते । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता तयारीका लागि बेनी नगरपालिका जुटेको छ । कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताको तयारी तिब्र पारिएको नगरप्रमुख […]
यसरी निर्माण भइरहेको छ नारच्याङमा रेले खोला जलविद्युत आयोजना (भिडियो )
विकल्प न्यूज\बेनी पुस १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको लेक गाउँमा निर्माणधिन ६ मेगावाट क्षमताको जलविद्यूत आयोजनाको आधा काम सकिएको छ । आयोजनाको बाँधस्थल,पाइपलाइन र विद्युतगृह निर्माण कार्य तिव्रताका साथ भइरहेको छ । एकवर्ष अघि निर्माण थालिएको आयोजना एकवर्षमै पचास प्रतिशत निर्माण सम्पन्न भएको छ । आगमी असारसम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यका […]
म्याग्दी मिडिया सोसाईटीद्धारा ७ बुँदे नारच्याङ घोषणपत्र जारी
विकल्प न्यूज/बेनी पुस १४ गते । म्याग्दी मिडिया सोसाईटीको छैटौँ वार्षिक साधारणसभा अन्नपुर्ण गाउँपालिकाको वडा नम्वर ४ स्थित नारच्याङ झरना परिसरमा बुधवार सम्पन्न भएको छ । वेशी गाउँको शिरमा रहेको मनमोहक पर्यटकीय सम्भावनायुक्त नारच्याङ झरनाको प्रचार प्रसारमा टेवा पु¥याउने उदेश्यले सोसाईटीले सदरमुकाम बाहिर गएर आफ्नो साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका […]
बेमौसममा फाइदा लिन नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण
विकल्प न्यूज/बेनी पुस १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी पर्याप्त आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन् । चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार […]
पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’
विकल्प न्यूज\बेनी पुस १३ गते । म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतमालई मिडिया सोसाईटी अवार्ड २०७९ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरना परिसरमा बुधबार आयोजित समारोहमा आठ हजार ८०० नगद रुपैयाँ सहित गौतमलाई पुरस्कृत गरिएको हो । गौतम डेढ दशक यता जिल्लाको पत्रकारिता क्षेत्रमा […]
रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः १ करोड ८५ लाख थप बजेट विनियोजन
विकल्प न्यूज\बेनी पुस १२ गते । गाउँसभाले वृहत घोप्टेखोला र बृहत चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको १ प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णय समेत गरेको छ । संघीय सरकार मार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगंगा गाउँपालिको वडा नम्बर २ भगवती, ३ पिप्ले र ७ चिमखोलालाई समेटने […]
लोकदिप सहकारीले बनायो चार वर्षिय रणनीतिक योजना
विकल्प न्यूज/बेनी पुस ११ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित लोकदिप बचत तथा तथा ऋण सहकारी संस्था ९साकोस)ले चार वर्षिय रणनीतिक योजना तयार गरेको छ । जिल्लाको पर्यटकीयस्थल टोड्केमा शनिबार र आइतबार गरी दुईदिनसम्म आयोजित रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीले आगामी ४ वर्षको लागि लक्ष्य,रणनीति, बजेट र योजना निर्माण कार्य सम्पन्न गरेको हो । आगामी चारवर्षमा […]
बेनीलाई कालिगण्डकी कटानबाट जोगाउन थप पक्की पर्खाल निर्माण सुरु
ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस ११ गते । कालिगण्डकी नदीले कटान गर्ने म्याग्दीको सदरमुकाम बेनीको उच्च जोखिम क्षेत्रमा पक्की आरसीसी पर्खाल निर्माण सुरु गरिएको छ । दुई वर्षअघि कालिगण्डकीमा आएको बाढीका कारण कटान गरेको क्षेत्र म्याग्दी जेसिजको भवन देखि म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडीको भागसम्म कालिगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालिएको हो । बजारको यो […]
दुर्गम गाउँ गुर्जाबाट गर्भवतीको हेलिकप्टरबाट उद्दार
विकल्प न्यूज / म्याग्दी पुस १० गते । म्याग्दीको दुर्गम धबलागिरि गाउँपालिका १ गुर्जाकी एक गर्भवतीलाई आइतबार हेलिकप्टरबाट उद्दार गरी पोखरा पु¥याइएको छ । गर्भवती व्यथा लागेकी ३० वर्षीय अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिकप्टरबाट उद्धार गरेर पोखरा गण्डकी अस्पताल लगिएको गुर्जा स्वास्थ्य चौकीले जनाएको छ । अस्पताल पु¥याइएकी […]
नारी जागृति सहकारीको लगानी एक करोड ७४ लाख
विकल्प न्यूज/बेनी पुस १० गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको आज (आइतबार) २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०७९÷०८० सम्म कुल ५ सय ५ जना शेयर सदस्य रहेको सहकारीको ९१ लाख ६२ हजार तीनसय रुपैयाँ शेयर पुँजी रहेको छ । यसैगरी सहकारी संस्थामा जगेडा […]
धमाधम निर्माण हुँदै बेगखोलामा पक्की पुल
ठाकुरप्रसाद आचार्य /म्याग्दी पुस ९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा मोटरेबल पुल निर्माण तिव्र पारिएको छ । ठेक्का सम्झौता मिति भन्दा अगावै योजना सम्पन्न गर्नेगरी सडक विभाग र निर्माण व्यवसायी जुटेका छन् । बेगखोलामा पुल नहुँदा विगत ६ वर्षदेखि खोलामा यात्रुले सास्ती भोग्दै आएका छन् । पुल बनाउन सरोकारवाला निकायले ध्यान नदिएको भन्दै […]
प्रकाश माविको ७० औं वार्षिकोत्सवमा विज्ञान प्रदर्शनी (फोटोफिचर)
प्रताप बानियाँ/म्याग्दी । पुस ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज (शुक्रवार) विज्ञान प्रदर्शनी भएको छ । ‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी गरिएको हो । #ADV जिल्लाकै पुरानो तथा एक मात्र विज्ञान विषयको कक्षा सञ्चालन गरेको प्रकाश माविद्वारा ७०औं […]
कालिपुल देखि बगरफाँट जोड्न कालिगण्डकीमा बेलिब्रिज बन्ने
ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस ९ गते । बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटवासीको मागलाई सम्बोधन गर्न बेनीको कालिपुल स्थित कालीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण हुने भएको छ । पर्वत बेनी देखि बगरफाँट जोड्ने सडक कालिगण्डकी नदीले कटान गरेपछि यो वस्ती सडक सुविधाबाट बञ्चित हुँदै आएको छ । बेनी नगरपालिका ८ […]
बेनीको कालिपुलमा सडकमै गोदाम र कुखुरापालन (फोटो/भिडियोसहित)
ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस ४ गते । दैनिक सयौंको संख्यामा सवारीसाधन ओहोरदोहर गर्ने बेनीको कालिपुल स्थित सडक अतिक्रमण गरेर व्यापारीले गोदामनै बनाएका छन् । बेनी–जोमसोम –कोरला सडकको प्रवेशद्धारका रुपमा रहेको कालिपुल स्थित सडक छेवैमा राखिएका सामग्रीका कारण सडक साघुरो भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ । सडक छेवैमा छरपस्ट रुपमा सामग्रीका कारण पैदलयात्रा असहज […]