विकल्प न्यूज\बेनी
पुस १४ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको लेक गाउँमा निर्माणधिन ६ मेगावाट क्षमताको जलविद्यूत आयोजनाको आधा काम सकिएको छ । आयोजनाको बाँधस्थल,पाइपलाइन र विद्युतगृह निर्माण कार्य तिव्रताका साथ भइरहेको छ । एकवर्ष अघि निर्माण थालिएको आयोजना एकवर्षमै पचास प्रतिशत निर्माण सम्पन्न भएको छ ।
आगमी असारसम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ यतिखेर धमाधम निर्माण कार्य भइरहेको आयोजनाका इञ्जिनियर आयुष भट्टराईले जानकारी दिनुभयो । आयोजनाले १८ किलोमिटर पहुँच मार्ग निर्माण गरेको छ । आयोजनामा स्थानीयवासीहरुलाई रोजगारीको अवसर दिएको उहाँले बताउनुभयो । भिडियो ठाकुरप्रसाद आचार्य