राष्ट्रिय समाचार

सहकारीको रकम सिमित व्यक्तीले गलत रुपमा प्रयोग गर्दा तरलता अभावको समस्या

न्यूज/बेनी पुस २४ गते । म्याग्दी सदरमुकाम बेनीमा सहकारी सम्वन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा समन्वय गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी संघ म्याग्दीको समन्वय तथा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा आइतवार बेनी नगरपालिकाको सभाहलमा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा जिल्ला स्थित सम्पूर्ण सहकारी संस्थाका संचालक पदाधिकारी तथा प्रवन्धकहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन […]

सौगात बहुउद्देश्यीय सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

प्रताप बानियाँ/म्याग्दी पुस २४ गते । सौगात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको हिँजो (शनिवार) सदरमुकाम बेनीमा १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल सङ्गठन म्याग्दीमा छ हजार आठसय ६५ रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको जनाएको छ । साधारणसभामा सहकारीका कोषाध्यक्ष नेत्रराज सुवेदीले आर्थिक र कार्यसमिति सदस्य सीता गुरुङले […]

न्यू धौलागिरि सहकारीको २३औं वार्षिक साधारणसभा

प्रताप बानियाँ/म्याग्दी पुस २४ गते । ‘सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस’ भन्ने मूल नारासहित न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको शनिवार सदरमुकाम बेनीमा एकाई प्रतिनिधिस्तरीय वार्षिक साधारणसभा आयोजना गरिएको हो । कुल ६ हजार ४ सय ६३ जना शेयर सदस्यबाट आठ करोड २३ […]

लोकप्रियता कमाउँदै आमा समूहको नौमती बाजा

ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), पुस २४ गते ।   गाउँघरमा हिजोआज नौमती बाजा लोप हुँदै जान थालेकाले सरोकारवालाहरूलाई चिन्तित तुल्याएको छ। अहिले धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा बिरलै देख्न सकिन्छ। पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा कला लोप हुन थालेको छ। प्रायःजसो पुरुषले मात्र बजाउने नौमती बाजा अहिले महिलाले […]

कृष्ण बानियाँद्वारा लिखित पुस्तक ‘विसङ्गत अभिरुचि’ संस्मरणको विमोचन

प्रताप बानियाँ/म्याग्दी पुस २४ गते । म्याग्दीको बेनी नगरपालिका–७, बेनीबजारको मङ्गलाघाट निवासी कृष्ण बानियाँद्वारा लिखित पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन भएको छ । म्याग्दी साहित्य समाज र पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीको आयोजनामा आज (शनिवार) एक समारोहबीच पुस्तक विमोचन गरिएको हो । लेखक कृष्ण बानियाँको पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन गर्दै वरिष्ठ साहित्यकार तथा प्राज्ञ प्रेम […]

बागलुङ जेसीज वर्ष २०२३ को अध्यक्षमा श्रेष्ठ

रोहन जि.सी/बागलुङ पुस २४ गते । बागलुङ जेसीज वर्ष २०२३ को अध्यक्षमा सौरभ श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको बागलुङ जेसीजको ४५ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो । बागलुङ जेसीजको कार्यकारी उपाध्यक्षमा सुशान्तकृष्ण श्रेष्ठ र गणेश महतो, उपाध्यक्षमा रुशन सापकोटा, सौरभ खत्री, सुलभ खड्का […]

म्याग्दी जेसीजको अध्यक्षमा सुमन बानियाँ निर्वाचित

विकल्प न्यूज/बेनी पुस २३ गते । म्याग्दी जेसिजको अध्यक्षमा सुमन बानियाँ निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न भएको जेसिजको २४औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२३ का लागि बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको कानुनी सल्लाहकार दिनेश बानियाँ,बरिष्ठ कार्यकारिणी उपाध्यक्ष बिष्मा श्रेष्ठ,कार्यकारिणी उपाध्यक्ष दिनेश कुमार विश्वकर्मा, कार्यकारिणी […]

म्याग्दीकाली संचार सहकारी संस्थाको पन्ध्रौं बार्षिक साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी पुस २२ गते । म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को पन्ध्रौँ बार्षिक साधारसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धरासय बन्दै गएको अबस्थामा नागरिकले सूचना पाउने अबस्था पनि कमजोर हँुदै जाने बताउनुभयो […]

डम्बरामा सञ्चालित तालिममा महिलाहरुले बनाए सर्वोत्तम पीठो

प्रताप बानियाँ\म्याग्दी पुस २२ गते । बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा, माझखेत र चुत्रेनीका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र बेनी […]

अन्नपूर्णका महिलाहरुलाई नेतृत्व विकास तालिम

प्रताप बानियाँ\विकल्प न्यूज पुस २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा नेतृत्व विकास, उद्घोषणकला तथा सकारात्मक सोचसम्बन्धी उत्प्रेरणामूलक तालिम सम्पन्न भएको छ । सिर्जनशील आमा समूह नारच्याङको आयोजना र अन्नपूर्ण–४, नारच्याङ वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाहरुको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालित तालिमबाट […]

बेनी स्थित कालीगण्डकी नदीको शिला अयोध्या पठाउने तयारी

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस २१ गते । शालिग्राम पाइने नदीका रुपमा परिचित कालिगण्डकीको शिला हिन्दुहरुको धार्मिक स्थल भारतको आयोध्यामा पठाउन अध्ययन थालिएको छ । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालिगण्डकी नदीको शिलालाई भारतको अध्योध्यामा लगेर भागवान रामको मुर्ती बनाउन प्रयोग गरिने भएको हो । शिलाको खोजी र अध्ययन गर्न […]

बेनी नगरका २५ सय जनाको आँखा परिक्षण

विकल्प न्यूज/बेनी पुस २१ गते । बेनी नगरपालिका भित्रका दुईहजार पाँचसय जनाको आँखा परिक्षण गरिएको छ । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा तिनदिन सम्म सञ्चालित शिविरमा विद्यालयमा अध्ययनरत बालबालिका र बृद्धआश्रमका ज्येष्ठ नागरिकको आँखा परिक्षण गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा जोगाउँ अभियान अन्तरगत गलेश्वर मावि, राष्ट्रिय […]

अन्नपूर्णको दानामा म्याद नाघेका सामानहरु छ्यापछ्याप्ती भेटिए

प्रताप बानियाँ/म्याग्दी पुस २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानी, ३ नम्बर वडा दाना र ६ नम्बर वडाको पोखरेबगर क्षेत्रमा बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा हिँजो (मङ्गलवार) अन्नपूर्णको तीन ठाउँमा सञ्चालित पसलहरुको अनुगमन गरिएको हो । दानामा ८ ओटा, भूरुङ–तातोपानीमा ४ र पोखरेबगर तथा रातोपानी क्षेत्रमा […]

होटल व्यवसायी महासंघको सचिबमा आचार्य र केन्द्रीय सदस्यमा बरुवाल चयन

विकल्प न्यूज\बेनी पुस २० गते । चितवनमा बुधवार सम्पन्न भएको होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय सचिबमा म्याग्दीका होटल व्यवसायी ताराप्रसाद आचार्य(बाबुराम) निर्वाचित हुनुभएको छ । चितवनको सौराहमा सम्पन्न महासंघको दशौं साधारणसभा तथा चौथो अधिवेशनबाट सचिवमा आचार्य र केन्द्रीय सदस्यमा म्याग्दीकै युवा होटल व्यवसायी सागर बरुवाल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । आचार्य बेनीमा होटल याक […]

चर्चित कलाकार ‘महजोडी’ बेनीमा

विकल्प न्यूज\बेनी पुस २० गते । महजोडीको नामले चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य म्याग्दी सदरमुकाम बेनीमा आउनुहुने भएको छ । यहि पुस २१ गते बेनीमा आयोजना हुन लागेको विमा सचेतना कार्यक्रममा हाँस्यकलाकारद्धय श्रेष्ठ र आचार्य बेनीमा आउन लाग्नुभएको हो । नेपाल विमा प्राधिकरणले सञ्चालन गरेको बिमा सम्बन्धी सचेतना अभियान अन्तरगत म्याग्दीमा सिटिजन लाइफ […]