विकल्प न्यूज/बेनी
पुस २३ गते ।
म्याग्दी जेसिजको अध्यक्षमा सुमन बानियाँ निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न भएको जेसिजको २४औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२३ का लागि बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
समितिको कानुनी सल्लाहकार दिनेश बानियाँ,बरिष्ठ कार्यकारिणी उपाध्यक्ष बिष्मा श्रेष्ठ,कार्यकारिणी उपाध्यक्ष दिनेश कुमार विश्वकर्मा, कार्यकारिणी उपाध्यक्ष बिनोद घर्ती,महासचिव कुमार बानियाँ,कोषाध्यक्ष नवीन खत्री,शाखा सम्पादक सुनिता श्रेष्ठ,सहसचिव सज्जन श्रेष्ठ,सहकोषाध्यक्ष अनिल पौडेल,उपाध्यक्ष अमिर श्रेष्ठ,उपाध्यक्ष कृष्णप्रसाद पौडेल,उपाध्यक्ष पवित्रा खत्री, उपाध्यक्ष सागर बरुवालतालिममा संयोजक नवीन पौडेल,प्रकरण निर्दशक गणेश सुवेदी रहेको म्याग्दी जेसीजले जनाएको छ ।
नवनिर्वाचतलाई पदस्थापनमार्फत जिम्मेबारी हस्तान्तरण गरिने जेसिजले जनाएको छ । सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, सदस्यको क्षमता विकास लगाएत विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । म्याग्दी जेसीजले संस्थागत गतिविधि बाहेक सामाजिक एवम् मानवीय सेवा र पर्यटन प्रवद्र्धनमा समेत सक्रियता देखाउँदै आएको छ ।