विकल्प न्यूज\बेनी
पुस २० गते ।
चितवनमा बुधवार सम्पन्न भएको होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय सचिबमा म्याग्दीका होटल व्यवसायी ताराप्रसाद आचार्य(बाबुराम) निर्वाचित हुनुभएको छ । चितवनको सौराहमा सम्पन्न महासंघको दशौं साधारणसभा तथा चौथो अधिवेशनबाट सचिवमा आचार्य र केन्द्रीय सदस्यमा म्याग्दीकै युवा होटल व्यवसायी सागर बरुवाल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । आचार्य बेनीमा होटल याक सञ्चालन गर्दै आउनुभएको छ । होटल व्यवसायी समिति म्याग्दीका सचिब समेत रहनुभएका बरुवाल होटल शिखरका सञ्चालक हुनुहुन्छ ।