राष्ट्रिय समाचार
बेनी नगरपालिकाले ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनायो
विकल्प न्यूज/बेनी फागुन २४ गते । बेनी नगरपालको ११३ औं अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएको छ । बेनी नगरपालिकाले बुधबार जिसस सभाहलमा ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ भन्ने मूल राष्ट्रिय नाराका साथ गरिएको कार्यक्रमको उद्घाटन नगरप्रमुख सुरत केसीले गर्नुभयो । दिवसको अवसरमा सरोकारवालाहरुसंग राखिएको अन्तरक्रिया कार्यक्रमा महिला दिवसको […]
मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ टिकटकमा भाइरल
विकल्प न्यूज/बेनी फागुन २४ गते । टिकटकमा अत्याधिक रुचाइएको मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ छोटो समयमा चर्चा कमाएको छ । दिपक अधिकारीको शब्दमा तयार भएको गीतलाई प्रवेश पौडेलले भाका संकलन गरेका हुन् । मौलिक गीत मौलिक शैलीमा भिडियो तयार भएको गीतबाट निकै आशा गरिएको गीतका सर्जक दिपक अधिकारी बताउँछन् । प्रवास रहेर गीत संगीतलाई […]
परिश्रमी पवित्रा कार्की, जसले दैनिक बेनीमा डोकामा साग विक्री गर्नुहुन्छ
ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन २४ गते । आज मार्च ८ ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाईदै छ । महिला अधिकारकर्मीहरुले अन्तरक्रिया,विचारगोष्ठी र सभासमारोहको आयोजना गरेका छन् । तर बेनी नगरपालिका २ खबरा लभ्लीहिलकी पवित्रा कार्की भने डोका साग बोकेर बेनी बजारमा घुम्दै हुनुहुन्छ । कार्कीलाई महिला दिवसका वारेमा केही थाहा छैन । कार्कीले […]
पल्सर स्पोर्ट्स अवार्डबाट अरुणा वर्ष खेलाडी घोषित
विकल्प न्यूज/बेनी फागुन २३ गते । फुटबलका अन्जन विष्ट र भलिबलकी अरुणा शाही १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले मंगलबार आयोजना गरेको विशेष समारोहमा अन्जन पुरुषमा र अरुणा महिला स्पर्धामा वर्ष खेलाडी घोषित भएका हुन् । पुरुषतर्फ अन्जनले क्रिकेटका दीपेन्द्रसिंह […]
योजना तर्जुमा प्रक्रियामा द्धन्द्धपीडितको सवाल बिषयमा अन्तरक्रिया
विकल्प न्यूज/बेनी फागुन २३ गते । बेनीमा स्थानीय तहको योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवालको बिषयमा मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । द्धन्द्धपीडित अधिकार मञ्च, म्याग्दीको आयोजनमा भएको कार्यक्रममा सहभागीहरुले तत्कालिन शसस्त्र युद्धको समयमा पीडित बनेकाहरुको लागि स्थानीय सरकारहरुले आफ्ना योजना तर्जुमा गर्दा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले स्थानीय तहहरुले द्धन्द्धपीडितको बास्तविक […]
वाईसीयल म्याग्दीको ५ बुँदे मागसहित प्रधामन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी, २३ फागुन । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीयल) म्याग्दीले ५ बुदे मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । वाईसियल म्याग्दीले प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत ज्ञापनपत्र बुझाएका हुन् । वाईसियले संघिय लोकतान्त्रिक गणतन्त्र विरुद्ध प्रतिगामी शक्तिहरुको […]
बेनी–जोमसोम सडकको भिरकाटेमा सुरुङ निर्माणको तयारी
विकल्प न्यूज/म्याग्दी फागुन २३ गते । कालीगण्डकी करिडोरमा झण्डै तीन सय ६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । म्याग्दीको भीरकाटे भन्ने ठाउँमा विगत केही वर्षदेखि वर्षाको समयमा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधानका लागि सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको हो। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो […]
कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा
ठाकुरप्रसाद आचार्य/ म्याग्दी फागुन २२ गते । कतारकी राजकुमारी आश्मा अल्थानीले म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुहुने भएको छ । हिमाल आरोहण गर्न राजकुमारी आरोहण टोलीसहित सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना आइपुग्नुभएको छ । दानाका स्थानीयहरुले राजकुमारी सहितको टोलीलाई बाजागाजा सहित स्वागत गरेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल […]
रचनात्मक कार्यमा बगरफाँटका युवा ः खेलकुद मार्फत चिनाउँदै गाउँ समाज
धु्रवसागर शर्मा /विकल्प न्यूज फागुन २१ गते । राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु प्नि मौलाउँदै गएका छन् । तर,म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र विसंगतिहरुलाई रोक्दै विभिन्न रचनात्मक कार्यहरु मार्फत समाजलाई जोड्ने र गाउँलाई चिनाउने कार्यहरु गर्दै आएका […]
मालिकामा माओवादीको पालिका कमिटी पुर्नगठन
विकल्प न्यूज/बेनी फागुन २० गते । नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटीको पुर्नगठन भएको छ । माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटीको संयोजक र सचिव चयन गरिएको हो । कमिटीका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएकाले रिक्त भएको पदमा पुर्ति गरिएको […]
जिल्ला स्तरीय नृत्य प्रतियोगिताको शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि प्रथम
विकल्प न्यूज/बेनी फागुन २० गते । शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा सम्पन्न भएको जिल्ला स्तरीय शिक्षक र विद्यार्थी नृत्य प्रतियोगितामा शिक्षक तर्फ प्रथम बेनी सामुदायिक मावि बेनी, द्धितीय शिख मावि शिख र तृतीय पाउद्धार मावि पाउद्धारका शिक्षकहरु भएका छन् । त्यस्तै विद्यार्थी तर्फ क्रमश प्रकाश मावि, कालिका मावि तिप्ल्याङ र […]
जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म
फागुन २० गते । ३७ वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्वार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । वि.सं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिनुभएकी अस्मिताको म्याग्दीकै मङ्गला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो । […]
जलजलाको बगरफाँटलाई जोड्न कालिगण्डकीमा बेलिब्रिज निर्माण सुरु
ठाकुरप्रसाद आचार्य/बेनी फागुन २० गते । बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न कालिगण्डकी नदीमा मोटरेबल पुल निर्माण थालिएको छ । पर्वत बेनी देखि बगरफाँट जोड्ने सडक कालिगण्डकी नदीले सडक कटान गरेपछि यो बगरफाँटवस्ती विगत दुईवर्ष देखि सडक सुविधाबाट बञ्चित हुँदै आएको थियो । पक्की पुल नहुँदा […]
म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँमा सार्वजनिक सुनुवाइ
विकल्प न्युज/ बेनी फागुन १९ गते । सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रम, कार्यालयको सेवा प्रवाह तथा समग्र अवस्थाको बारेमा नागरिकको गुनासा तथा अपेक्षा र प्रतिकृया लिने उदेश्यले गाउँपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले वडा स्तरबाट प्रवाह हुने कृषि र पशु सेवालाई […]
अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम
प्रताप बानियाँ/म्याग्दी फागुन १९ गते । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्यसम्बन्धी तालिम शुक्रवार सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको हो । स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति अर्थात् विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लक्षित गरेर सञ्चालन […]