विकल्प न्यूज/बेनी
फागुन २४ गते ।
बेनी नगरपालको ११३ औं अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएको छ । बेनी नगरपालिकाले बुधबार जिसस सभाहलमा ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ भन्ने मूल राष्ट्रिय नाराका साथ गरिएको कार्यक्रमको उद्घाटन नगरप्रमुख सुरत केसीले गर्नुभयो ।
दिवसको अवसरमा सरोकारवालाहरुसंग राखिएको अन्तरक्रिया कार्यक्रमा महिला दिवसको नारासंग सम्वन्धी रहेर नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उषा घर्तीमगर र हेमकुमारी पुनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नगरकी उमपेयर ज्योती लामिछानेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मेयर सुरत केसीले महिला अधिकार सुनिश्चत गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रहरी नायव उपरिक्षक मदन कुँवरले जिल्लामा महिला हिंसाको अवस्थाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा नगर प्रवक्ता एवम् वडानम्वर ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ र गैसस महासंघ म्याग्दी अध्यक्ष दिपक पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सामाजिक विकास संयोजक एवम् बेनी नगरपालिका– ९का वडा अध्यक्ष चक्र केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सहायक महिला विकास निरिक्षक प्रतिमा देवी शर्माले संचालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न कार्यालय र संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।