राष्ट्रिय समाचार
गलेश्वरमा करिव साढे ६ लाख भेटी संकलन
विकल्प न्यूज/बेनी जेठ २२ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धाममा एक महिनाको अवधिमा करिब साढे ६ लाख रुपियाँ भेटी संकलन भएको छ । गलेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनहरुबाट एकमहिनाको अवधिमा ६ लाख ४४ हजार ६९७ रुपियाँ भेटी संकलन भएको गलेश्वर क्षेत्रविकास कोषले जनाएको छ । गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका […]
बगुवाखोलाको हरित पार्कमा वृक्षारोपण
विकल्प न्यूज/बेनी जेठ २२ गते । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको सर्जेनी सामुदायिक वनमा निर्माण भएको हरित पार्कमा सोमबार वृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवस २०८० को अवसरमा डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वृक्षारोपण गरिएको हो । दुई वर्षअघि निर्माण भएको पार्कको सौन्दर्यकरण गर्न विभिन्न फुल प्रजातिका विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय म्याग्दीका […]
विश्व वातावरण दिवसमा लिटल गार्डेनद्धारा सरसफाइकर्मीलाई सम्मान
विकल्प न्यूज/बेनी जेठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा सोमबार बेनीमा बजारको फोहोर संकलन तथा व्यवस्थापन गर्ने सरसफाइकर्मीहरुलाई सम्मान गरिएको छ । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले दिवसको अवसरमा बजारक्षेत्रको फोहोर व्यवस्थापनको कार्यमा खटिदै आएका नौँ जना व्यक्तिलाई सम्मान गरेको हो । बेनी नगरपालिकासंगको सम्झौता बमोजिम मिसन फोर वेष्ट म्यानेजमेण्ट प्रा।लि।ले बेनी बजार, गलेश्वर […]
गण्डकीको नीति तथा कार्यक्रम ः ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’
कास्की, जेठ २१ गते । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश सभाको बैठकमा आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सरकारले बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने परम्परा छ । नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलपछि मात्रै […]
न्यायिक समितिलाई क्षमता विकास तालिम
म्याग्दी, जेठ २१ गते । संविधान जारी भएपछिको दोश्रो स्थानीय तह निर्वाचन भएको एक वर्षपछि म्याग्दीको बेनी नगरपालिकाले न्यायिक समितिलाई क्षमता विकास तालिम लिन सुरु गरेको छ । नगरपालिकाले आयोजना गरेको तीन दिने तालिममा ४० जनाको सहभागिता थियो । न्यायिक समितिका पदाधीकारी, सुचिकृत मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीहरु सहभागि तालिमको म्याग्दी जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद नेपाल, […]
प्रेस चौतारी म्याग्दीद्धारा पत्रकार जिसी सम्मानित
जेठ २० गते । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपियाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यसमिति सदस्य […]
पर्वतलाई ठेलो प्रतियोगिताको उपाधि
विकल्प न्यूज/बेनी जेठ २० गते । म्याग्दीको बेनी स्थितखुल्ला मञ्चमा शनिबार भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थानमा पर्वतनै विजयी प्राप्त ग¥यो । म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा पर्वतबाट हुनुभएका […]
जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु
विकल्प न्यूज/बेनी जेठ १९ गते । “शिक्षा, विज्ञान,प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान”भन्ने मुल नारासहित बेनी नगरपालिका–६ स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ। शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला […]
रघुगङ्गामा दुई चिस्यान गृह निर्माण
विकल्प न्युज / बेनी जेठ १८ गते । फाइल तस्विर म्याग्दीको रघुगंगा गाउँलिकामा दुई चिस्यान गृह निर्माण गरिएका छन् । गाउँपालिकाले फलफूल र तरकारी भण्डारण गर्न वडा नं २ को भगवतीमा २५ हजार र वडा नं ५ को झिँमा २० हजार किलोग्राम क्षमताका चिस्यान गृह निर्माण गरेको हो । कृषकले उत्पादन गरेका सुन्तला जात फलफूल […]
बेनीमा सुर्तीजन्य पदार्थरहित साथी शिक्षा कार्यक्रम
विकल्प न्यूज/बेनी जेठ १८ गते । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार विश्व सुर्तीजन्य पदार्थरहित दिवस–२०२३ को अवसरमा सुर्तीजन्य पदार्थरहित पुस्ताका लागि साथी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने मूल नारासहित बेनी नगरपालिकाको आयोजनामा एक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाको नगर प्रमुख सुरत केसीले […]
बेनी नगरमा बेथितिको चाङ,खाना र खाजामा ४० लाख खर्च
विकल्प न्यूज/बेनी जेठ १७ गते । म्याग्दीको बेनी नगरपालिकामा बेथितिको चाङ भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । नगरका प्रमुख प्रशासकीय अधिकृत धाेलकराज ढकाल नै अनियमिततामा मुछिएका छन् । कार्यालयमा हाजिर गरेर भत्ता बुझेको र असूल उपर गर्नुपर्ने महालेखापरीक्षकको अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ को प्रतिवेदनमा औंल्याएको छ । ढकाल मात्र होइन नगरपालिकाका केही कर्मचारीहरु अनियमिततामा मुछिएका […]
माउण्ट एभरेष्टमा सुरक्षा सचेतना विषयक अन्तरक्रिया
विकल्प न्यूज/बेनी जेठ १७ गते । माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनामा मङ्गलवार सुरक्षा सचेतना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक सञ्जालको प्रयोग र आधारभूत सुरक्षाको विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै निवर्तमान प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले पछिल्लो समय समाजमा अपराधिक क्रियाकलापहरु बढ्दै गैरहेको हुँदा […]
अन्नपूर्ण आधार शिविरमा खानेपानी र सञ्चारको समस्या
ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), जेठ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा खानेपानी र सञ्चार सेवाको सुविधा नहुँदा पदयात्रामा पुगेका पर्यटकलाई समस्या हुने गरेको छ। हिमाल आरोहणका लागि आधार शिविरमा बसेका आरोही र पदयात्राका लागि पुगेका पर्यटकलाई खानेपानीको सुविधा र सञ्चार सेवा नहुँदा समस्या भएको मौरिस हर्जोग टे«क व्यवस्थापन […]
बेनी नगरका कर्मचारीको बदमासी ः कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझ्छन
विकल्प न्यूज/बेनी जेठ १७ गते । बेनी नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको अघिल्लो आर्थिक वर्ष २०७८ ÷७९ को वार्षिक प्रतिवेदनमा नगरका कर्मचारीहरुले कार्यालयमा हाजिर गरेर भ्रमण भत्ता वापतको रकम बुझेको औंल्याएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत समेत अनियमित तवरले भत्ता बुझ्नेमा हुनुहुन्छ । नगरका […]
म्याग्दीका उदाहरणीय लाहुरेको जीवनकथा ‘लाहुरेको सङ्घर्ष’ सार्बजनिक
विकल्प न्यूज/बेनी जेठ १६ गते । म्याग्दी जिल्लाको करबाकेली क्षेत्रका सामाजिक अभियन्ता चाम बहादुर पुनको जीवनकथामा आधारिति पुस्तक ‘लाहुरेको सङ्घर्ष, करबाकेलीको सेवामा दुई दशक’माथि काठमाडौंमा विमर्श गरिएको छ। कन्सेप्ट नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा पूर्व गोर्खा सैनिक पुनको सत्कर्मले सबैलाई मातृभूमिको सेवामा लाग्न प्रेरणा दिने टिप्पणी गरियो। पत्रकारद्वय शेखर खरेल तथा भोजराज न्यौपाने, सञ्चारकर्मी रीता […]