विकल्प न्यूज/बेनी
असोज ३ गते ।
म्याग्दी जेसीजको आतिथ्यतामा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । भोली विहिवार देखि दुईदिन सम्म संचालन हुने सम्मेलनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको छ । आयोजकले सम्मेलनको तयारी अन्तिमचरणमा पु¥याएका छन् । बजार सरसफाई,तुल ब्यानर टांग्ने,मंच व्यवस्थापन लगायतका आवश्यक तयारी अन्तिमचरणमा पुगेको म्याग्दी जेसीजका अध्ययक्ष सुमन बानियाँले बताउनुभयो । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा हुन लागेको क्षेत्र ‘ख’ सम्मेलनलाई म्याग्दी जेसीजले जिल्लाको पर्यटन प्रवद्र्धन सँग जोडेको छ । सम्मेलन स्थलमा जिल्लाका पर्यटकीय स्थलहरुको तस्विर राखिएको छ ।
सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागीता जनाउने आयोजकले जनाएको छ । त्यसैगरि देशभरका १७८ वटै नेपाल जेसीजका शाखाहरुबाट समेत पर्यवेक्षकको रुपमा सहभागीता रहने म्याग्दी जेसीजका शाखा अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।
सम्मेलन जेसीजको आन्तरिक सम्मेलन भएपनि देशभरबाट प्रतिनिधिहरु आउने भएकाले सम्मेलनलाई म्याग्दी चिनाउने अभियानका रुपमा सञ्चालन गर्ने जमर्को गरिएको उहाँले बताउनुभयो ।
बेनीको खुलामञ्चमा सञ्चालन हुने सम्मेलनमा भाग लिन आउने जेसीजकर्मीहरुलाई स्वागत गर्न बेनी बजार सरसफाई गरिएको छ भने तुल, व्यानर र धोजापतकाले बजार सजावत समेत गरिएको छ । सम्मेलनमा भाग लिन आउने अतिथिहरुको लागि आवास व्यवस्थापन, कार्यक्रम सञ्चालन हुने खुलामञ्च व्यवस्थापन देखि अतिथिहरुको आमन्त्रण र प्रचार प्रसारका काम अन्तिमचरणमा पुगेको क्षेत्र ख सम्मेलनका निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मेलनलाई सफल बनाउन आर्थिक संकलन, मायाँको चिनो, साँस्कृतिक झाँकी, लगायतको समेत बन्दोबस्त गरिएको छ । अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पबित्र कालीगण्डकी नदीमा पाईने शालिग्राम मायाँको चिनोको रुपमा प्रदान गरिने भएको छ । ‘‘हामीले सम्मेलनमा म्याग्दीको पहिचान र चिनारी गराउने कोसीस गरेका छौँ, देशभरबाट आउने अतिथिहरुलाई म्याग्दीको पर्यटन र संस्कृतिको छाप दिन सक्यौँ भने, भोलीका दिनमा म्याग्दीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँछ भन्ने हाम्रो विश्वास हो,’’– म्याग्दी जेसीजका निवर्तमान शाखा अध्यक्ष सन्दिप खत्रीले भन्नुभयो ।
क्षेत्र ख सम्मेलनमा नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको प्रचार प्रसारका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको उहाँले बताउनुभयो ।
सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च अनुमान गरिएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने अनुमान गरिएको छ । सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगा तातोपानी लगायतका क्षेत्रमा भ्रमण गराउने समेत तयारी गरिएको छ । सम्मेलनको उद्घाटनको अवसरमा बेनीमा झाँकी सहितको र्याली निकालिनेछ ।
बेनी बजार र मंगलाघाट बजार परिक्रमा गर्ने र्यालीमा सहभागीहरुलाई चोक चोकमा विभिन्न जाति, समुदाय र संघ संस्थाको मौलिक, कला, संस्कृति र परम्पराको पदर्शन गराईनेछ । सम्मेलन परिसरमा म्याग्दी प्रवासी नेपाली संघ ९मोना० अष्ट्रेलियासंगको सहकार्यमा नदेखिएको म्याग्दी शिर्षकको तस्बिर पदर्शनी हुनेछ भने सम्मेलनमा म्याग्दीको कला, संस्कृति र पर्यटन सम्भावनाको बृत्तचित्र समेत पदर्शन गरिने भएको छ ।
म्याग्दीको मौलिक कला र संस्कृति सहितको मनोरञ्जन दिन उद्घाटन हुने दिनको साँझमा ‘म्याग्दी नाईट’ साँस्कृतिक प्रस्तुती राखिने आयोजकले जनाएको छ । सम्मेलनलाई सफल बनाउन जिल्ला स्थित सरकारी कार्यालय,स्थानीय तह र विभिन्न संघ संस्थाले जेसीजलाई सघाएका छन् । बजारवासीहरुले आ–आफ्नो टोलमा सरसफाई र तुल ब्यानर टागेका छन् ।