राष्ट्रिय समाचार
म्याग्दीका तीन सामुदायिक वन उपभोक्ता समितिलाई उत्कृष्ट पुरस्कार
ठाकुरप्रसाद आचार्य\बेनी साउन ९ गते । डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीनवटा सामुदायिक वन उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०७९\८० मा वन संरक्षणमा जिल्लामा अब्बल ठहरिएका सामुदायिक वन उपभोक्ता समितिहरुलाई नगद सहित पुरस्कृत सहित सम्मान गरिएको हो । सामुदायिक वनको संरक्षण र व्यवस्थापन गतिविधिहरुमा आधार मानेर तीनसय १४ सामुदायिक वन उपभोक्ता […]
कुवापानीको पहिरोले जलजलाका पाँच बस्ती जोखिममा
विकल्प न्यूज/बेनी साउन ९ गते । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-५ कुवापानीको पहिरोले ५ वटा बस्ती जोखिममा परेको छ । पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सयौं रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवार विस्थापित भएका छन् । ती बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेका […]
बाख्रा चराउँदै माओवादीका पूर्वकमाण्डर गमबहादुर श्रीसमगर
ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), साउन ९ गते । गमबहादुर श्रीसमगर एक दशकअघिसम्म तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धका कमान्डरका रूपमा परिचित हुनुहुन्थ्यो। पार्टीको पूर्णकालीन कार्यकर्ता भएर उहाँ सेना र प्रहरीसँगको धेरै लडाइँमा सहभागी हुनुभयो। द्वन्द्व सकिएपछि मगरलाई म्याग्दीवासीले आगामी नेताका रूपमा लिने गर्थे तर अहिले उहाँको परिचय फेरिएको छ। उहाँ अहिले जिल्लामै […]
राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको एमाले नेता बस्नेतको आरोप
विकल्प न्यूज/बेनी साउन ६ गते । नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ । ‘नवीनता, सिर्जनशीलता र गतिशिलता’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । राष्ट्रिय युवा […]
बेनी सामुदायिकका विद्यार्थीलाई बस सेवा
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ६ गते । म्याग्दीको सदरमुकाम स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीको सुविधा लागि बस सेवा संचालन गरेको छ । जिल्लाका सामुदायिक विद्यालयहरु मध्य बस सेवा संचालन गर्ने बेनी सामुदायिक पहिलो बनेको हो । बस सेवा संचालन हुनेभएपछि विद्यार्थीहरु खुसी भएका छन् । गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र […]
छ वर्षमा पनि पूरा भएन बेनी अस्पताल भवन
म्याग्दी, साउन ६ गते । बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले छ वर्षमा पनि पूर्णता पाउन सकेको छैन । चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । “पचारस शय्या क्षमता भए पनि […]
प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लिडर्स–मिट कार्यक्रम
प्रताप बानियाँ\म्याग्दी साउन ४ गते । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बागलुङमा लिडर्स–मिट कार्यक्रम सम्पन्न भएको छ । गएको असार २९ गते महालक्ष्मी लाईफ इन्स्योरेन्स र प्रभु लाईफ गाभिएर प्रभु महालक्ष्मी लाईफ बनेपछि इन्स्योरेन्सको पहिलोपटक हिजो (बुधवार) बागलुङ बजारमा कार्यक्रम गरिएको हो । बागलुङमा देशैभरीबाट इन्स्योरेन्सका एजेन्सी लिडर्सहरुसँग भेटघाट तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको प्रभु […]
रुप्सेमा तयार भयो बेलिब्रिज
ठाकुरप्रसाद आचार्य/बेनी साउन ४ गते । राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ स्थित रुप्से झरनामा बेलिब्रिज तयार भएको छ । तिनवर्ष अघि रुप्सेमा आएको बाढीले अस्थायी र निर्माणधिन पक्की पुल एकसाथ बगाएको थियो । पुल बगाएपछि बर्खायमामा सवारीसाधन आवतजावत गर्न निकै समस्या हुनेगरेको थियो । बेलिब्रिज निर्माण सहित दुईसय पचास […]
सरसफाई गरेर चिटिक्क पारिएको कालिपुल बसपार्क (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३ गते । डेढ दशकपछि म्याग्दीको सदरमुकाम स्थित कालिपुल बसपार्क व्यवस्थित रुपमा संचालनमा ल्याइएको छ । संघीय,प्रदेश र बेनी नगरपालिकाको संयुक्त लगानीमा बसपार्कमा भौतिक पूर्वाधार निर्माण भएसँगै मुस्ताङको प्रवेशद्धारका रुपमा रहेको बसपार्क व्यवस्थित रुपमा संचालनमा ल्याइएको हो । बसपार्कमा निर्माण भएको सुविधा सम्पन्न टर्मिल भवन बुधबार औपचारिक रुपमा बेनी नगरपालिकाका प्रमुख सुरत […]
पुलाचौरको जनकल्याणमा नेपाली सेनाको जुनियर डिभिजन तालिम सुरु
प्रताप बानियाँ /बेनी साउन ३ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा जुनियर डिभिजन तालिम सुरु भएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं. ४९ जुनियर डिभिजन तालिम यसवर्ष बेनीको पुलाचौरस्थित जनकल्याण माविमा सञ्चालन गरिएको हो । तालिमको शुभारम्भ गर्दै शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका सेनानी सशांकराज अर्यालले नेपालमा धेरै पहिलेदेखि […]
साउनको पहिलो सोमबार गलेश्वरमा भक्तजनको भीड (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा आज(सोमबार) विहानै देखि भक्तजनको भीड लागेको छ । गलेश्वर मन्दिरको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । साउनको पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि म्याग्दीका साथै पर्वत,बागलुङ,मुस्ताङ चितवन, काठमाडौँ, पोखरा, नवलपरासी,लगायतका ठाउँबाट ठूलो संख्यामा भक्तजनहरु […]
स्वास्थ्य कार्यालय म्याग्दीको बार्षिक प्रगति सार्वजनिक
विकल्प न्यूज\बेनी असार ३१ गते । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७९\८० को बार्षिक प्रगति सार्वजनिक गरेको छ। आईतबार कार्यालयको हलमा गरेको स्वास्थ्य जोखिम सञ्चार सम्वन्धी अभिमुखीकरण कार्यक्रममा बार्षिक प्रगति विवरण सर्वाजनिक गरेको हो । कार्यालय प्रमुख एकनारायण लम्सालले चालू आर्थिक बर्षमा विपन्न दलित, लोपोन्मुख समुदायका ३९५ जना सुत्केरीलाई ‘सुत्केरी पोषिलो खर्च’ वापत रु नौ […]
पाण्डबखानीमा सञ्चालित निशुल्क आँखा शिविरमा दुईसय भन्दा बढी लाभान्वित
सुरेश छन्त्याल \बागलुङ असार ३१ गते । बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानी स्वास्थ्य चौकीमा संचालन भएको निशुल्क आँखा शिविरमा दुईसय भन्दा बढीले सेवा लिएका छन् । दुईदिन सम्म संचालन भएको शिविरमा दुईसय ५ जनाको आँखा परिक्षण र २६ जनाको मोतियाविन्दुको अप्रेशन गरिएको थियो । दुईदिन सम्म संचालित शिविरको समापन गर्नुहुँदै संविधानसभा सदस्य निरज पुनले अनकुल […]
अन्नपूर्णलाई सातलाख बराबरका विपद् खोज उद्दार सामाग्री सहयोग
विकल्प न्यूज/बेनी असार २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्दार सामाग्री हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले उत्थानशील, खानेपानी सरसफाई तथा विपद् तयारी कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकालार्य रु ७ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेको हो । शुक्रवार गाउँपालिकामा आयोजित एक कार्यक्रममा गोर्खा वेल्फेयरका विपद् व्यवस्थापन अधिकृत सुमेरु त्रिपाठीले गाउँपालिका अध्यक्ष […]
बेनी खबराका सौरभ परियारको झोलामा एककिलो २० ग्राम लागूऔषध
विकल्प न्यूज/बेनी असार २८ गते । बेनी नगरपालिका २ खबराका एक युवाको झोलामा एककिलो २० ग्राम लागूऔषध गाँजा भेटिएको छ । लागूऔषध गाजा झोलामा बोकेर हिडेको अवस्थामा बेनी नगरपालिका २ खबराका २२ वर्षीय युवा सौरभ परियारलाई प्रहरीले असार २७ गते पक्राउ गरी कारवाही अगाडि बढाएको जनाएको छ । परियारलाई असार २८ गते म्याग्दी जिल्ला अदालतबाट […]