राष्ट्रिय समाचार

डाँडाखेतका विद्यार्थीले गरे विद्यालयमा तरकारी उत्पादन

२२ पुस, म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जङ्कफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग […]

बिममा दुई जनाको हत्या, हत्या गरेको आरोपमा एक जना पक्राउ

बेनी, २१ पुस । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका दुई जनाको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । ‘मनिषाको लुरवाङ स्थित घटनास्थलमै ज्यान गएको थियो,’ उहाँले […]

बेनी नगरपालिकाले जित्यो नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

म्याग्दी,पुस २१ गते । म्याग्दीको जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शनिवार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, १२ रजत, ७ कास्य पदक हात पार्दै बेनी नगरपालिकाले उपाधि जित्न सफल भएको हो । त्यसैगरि प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ६ […]

बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी

विकल्प न्यूज/बेनी पुस २१ गते ।  म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो । माघे सङ्क्रान्तिमा आयोजना हुने मेलाको जगेर्ना हुनाका साथै कला, संस्कृति र […]

बेनीमा खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी पुस २० गते । जिल्ला खेलकुद विकास समिति म्याग्दीले म्याग्दीका दुईजना खेलाडीलाई सम्मान गरेको छ । बेनीमा आयोजना गरिएको जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनका अवसरमा महिला भलिबलको राष्ट्रिय टिमका कप्तान अरुणा शाही र कराँतेका अन्तराष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको हो । शाही म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्ले […]

म्याग्दीका माओवादी नेताहरुको प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेटघाट

बेनी, २० पुष ।  नेकपा (माओवादी केन्द्र) म्याग्दीको टोलीले शुक्रबार काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटघाट गर्नुभएको छ । माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जाली, संविधानसभा सदस्य तथा माओवादीका केन्द्रिय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश सहसचिव […]

बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी म्याग्दी,पुस २० गते ।     म्याग्दीको बेनीमा जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीको खुल्ला मञ्च स्थित खेल मैदानमा शुक्रबार देखि सुरु भएको अन्तर विद्यालय स्तरीय प्रतियोगितामा जिल्लाका ६ वटा स्थानीय तहका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता दुईदिन सम्म संचालन हुने […]

जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन सम्पन्न

विकल्प न्यूज/जलजला पुस १९ गते । पर्वतको जलजला गाउँपालिकामा गठन भएको जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन विहिवार पर्वत बेनीमा सम्पन्न भएको छ । अधिवेशनले पुनः नरबहादुर कार्कीलाई सर्वसम्मत रुपमा कार्यसमितिको अध्यक्षमा चयन गरेको छ । यसैगरी प्रतिष्ठानको उपाध्यक्षमा हिराबहादुर जिसी,सचिव दुर्गा दर्जी,सहसचिव जिवन मल्ल,कोषाध्यक्ष सुनिता बरुवाल जिसी,सदस्यहरुमा क्रमशः बेदनाथ आचार्य,माधव आचार्य,अम्बिका परियार र मनरुपा बि.क […]

जिल्ला स्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा

विकल्प न्यूज/बेनी पुस १९ गते । पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष दिनेश केसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ । […]

मालिकामा थप तीन करोड ३० लाख बजेट विनियोजन

म्याग्दी (दरबाङ), पुस १९ गते ।  म्याग्दीको मालिका गाउँपालिकाले थप तीन करोड ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका केन्द्र दरबाङको छ्याछ्यारेस्थित सभाहलमा बुधबार सम्पन्न गाउँसभाको १४ औं अधिवेशनले गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपियाँ विभिन्न योजना तथा कार्यक्रमका शीर्षकमा विनियोजन गरेको हो । गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाको […]

पालिका स्तरीय अस्पताल भवन बनाउने ठेकेदार योजना अलपत्र पारेर गायब

विकल्प न्यूज/बेनी पुस १९ गते । बेनी । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि ७ ताकममा पाँच र मङ्गला ५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल […]

म्याग्दी बहुमुखी क्याम्पसको २२औं क्याम्पस सभा सम्पन्न

विकल्प न्यूज/बेनी पुस १९ गते । ‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको आज (बुधवार) २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव–२०८० सम्पन्न भएको छ । आजभन्दा ३३ वर्ष पहिले स्थापना भएको सोही दिनको अवसर पारेर विविध कार्यक्रमसहित क्याम्पस सभा तथा वार्षिकोत्सव आयोजना गरिएको हो । २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव […]

बेनीमा माघेसङ्क्रान्ति मेलाको आयोजना गरिने

ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस १९ गते । म्याग्दीको सदरमुकाम बेनीमा माघेसङक्रान्ति मेलाको आयोजना गरिने भएको छ । महिला उद्यमीहरुको सक्रियतामा परम्परागत माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि मेलाको आयोजना गर्न लागिएको हो । आगामी पुस २९ देखि माघ २ गतेसम्म माघेसङ्क्रान्ति मेला आयोजना गर्न लागिएको आयोजकले बिहिबार विहान पत्रकार भेटघाट […]

गणतन्त्रको विकल्प होइन, सुधार गर्ने सुझाव दिनुस्– मन्त्री जुग्जाली

बेनी, १८ पुष ः गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ । बेनीमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको २२ औ क्याम्पससभा तथा ३३ औ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री जुग्जालीले गणतन्त्र र संघीय व्यवस्थाप्रति एकाथरीले बुझ्दै नबुझी […]

रघुगंगामा करिब रु ५करोड थप बजेट विनियोजन

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड बजेट बाँडफाँट गरेको छ । मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौग्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत असारको गाउँसभामा बाँडफाँड नभएको बजेटलाई गाउँसभा मार्फत विकास निर्माणका पूर्वाधार निर्माणको […]