बागलुङ बस दुर्घटना अपडेट ः आठको मृत्यु, उद्दार जारी

चैत ५ गते ।

  बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो ।

अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकास खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा २४ जना घाइते छन् । दुर्घटना स्थलमा घुमाउरो बाटो घुमाउरो भएको र चालकको समेत मृत्यु भएको उहाँले बताउनुभयो । बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ ।  इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले गाडीमा ३२ जना यात्रु रहेको जानकारी दिनुभयो ।