बेनीको बरापाखो सामुदायिक वनमा भिषण आगलागी(फोटोसहित)

विकल्प न्यूज/बेनी
चैत ५ गते ।

सदरमुकाम बेनी नजिक रहेको बराहपाखो सामुदायिक वनमा सोमबार दिउसो भीषण आगलागी भएको छ । बेनी नगरपालिका–७ र ८ क्षेत्र पर्ने सामुदायिक वनमा दिउसो देखि लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन ।

आगलागी भएपछि डिभिजन वन कार्यालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीका साथै स्थानीयले आगो नियन्त्रणको प्रयास गरी रहेको भए पनि नियन्त्रणमा आउन नसकेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले बताउनुभयो ।

जंगलमा लागेको आगो न्यूरोडको बजार क्षेत्रमा आउन थालेपछि बेनी नगरपालिकाको दमकलबाट पानी हालेर नियन्त्रणमा ल्याउने प्रयास गरिएको थियो । जंगलमा कसले आगो लगाएको भन्ने वारेमा अझै पत्ता नलागेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विष्णु गौतमले बताउनुभयो ।

जिल्लाभर करिब ९/१० वटा क्षेत्रहरुमा आगलागी भएको डिभिजन वन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो । सुख्खा र हावाहुरीको मौसम भएकाले वन जंगल क्षेत्रमा डढेलो लाग्नबाट जोगाउन र डढेलो लागिहाले फैलिन नदिन सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।