राष्ट्रिय समाचार
बागलुङमा कोदो फलाउने किसानलार्इ पुरस्कार दिइने
१७ मङ्सिर, बागलुङ ।कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख वजेट छुट्याएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए […]
पोखरेबगर–चित्रे सडक कालोपत्रे योजनाको शिलान्यास(फोटोफिचर)
विकल्प न्यूज/बेनी मंसिर १६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे ग्रामिण सडक स्तरउन्नती योजना सुरु गरिएको छ । पोखरेबगर–घार–खिवाङ–शिख हुँदै चित्र सम्म साढे १८ किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्ने योजनाको प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले आइतवार पुजापाठ गरेर शिलान्यास गर्नुभएको हो । सडक शिलान्यास पछि आयोजित कार्यक्रममा सांसद थापाले सडक निर्माण पछि यस […]
सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन पुसमा
विकल्प न्यूज/बेनी मंसिर १४ गते । सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ देखि १० गते सम्म काठमाडौँमा हुने भएको छ । गत भदौ १ गतेबाट लागू भएको मुलुकी संहिता कार्यान्वयनमा केन्द्रित रहेर दोस्रो सम्मेलन गर्न लागिएको सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले जानकारी दिनुभयो । सरकारी वकिल कार्यालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना […]
स्थानीय सरकारका बेथिति
दधिराम खतिवडा/विकल्प न्यूज मंसिर १३ गते । जुन उत्साहका साथ निर्वाचन सम्पन्न भएर स्थानीय सरकारको गठन भयो, परिणाम त्यति सन्तोषजनक भएन । अभ्यासरत स्थानीय सरकारको कार्यान्वयनले अहिले जनतामा निराशा बढेको छ । लाखौ खर्च गरेर निर्वाचित भएका जनप्रतिनिधिहरू अहिले अन्योलमा छन् ।निर्वाचन ताका उनीहरूको नारा थियो गाउँ गाउँमा सिंहदरबार तर अहिले गाउँमा सिंह वा प्रतिनिधि आएको र प्रशासनिक कार्य […]
बेनीमा रहेको १३१ वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण गरिने
विकल्प न्यूज/बेनी मंसिर १२ गते । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाईएको १३१ बर्ष पुरानो ऐतिहाँसिक झोलुङ्गे पुल जिर्ण बनेको छ । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि यो पुल बनाईएको थियो । ऐतिहाँसिक महत्व बोकेको पुल अहिले मर्मत सम्भारको अभाबमा जिर्ण बनेको छ भने वारपारको लागि […]
स्थानीय तहहरुमा सदाचार तथा नैतिकता खोई ?
जगदिश पराजुली /विकल्प न्यूज मंसिर १२ गते । संबैधानिक व्यवस्थामार्फत् अभ्यास गरिएको विकेन्द्रीकरण संघीयता हो । विविधताको सम्मान र व्यवस्थापनबाट एकता कायम गरी जनकेन्द्रित विकास, गुणस्तरीय जीवन, सुशासन र सहज सेवा प्रवाहको सुनिश्चताको मूलभूत उद्देश्यले संघीयताको अभ्यास नेपालमा प्रारम्भ भएको हो । मुलुक संघीयतामा प्रवेश गर्ने वातावरण कसरी बन्यो भन्ने विषय तात्कालीन राजनीतिक नायकहरू नै […]
बढ्दै गरेको अपराध र न्यूनीकरणका उपायहरू
भाषा कोइराला /विकल्प न्यूज मंसिर १२ गते । पछिल्लो समय अखवारमा दिनहुँजसो बलात्कार, हत्याका खबर छापिने गरेका छन । यसबाट अपराधिक गतिविधि बढेको अनुमान गर्न सकिन्छ । किन अपराधिक घटनाहरू बढिरहेका छन ? किन यसको रोकथाम हुन सकेन ? अपराधीलाई केले उत्प्रेरित गरिरहेको छ ? हामी सबैसामु प्रश्न तेर्सिएको छ । अपराध र अपराधिक घटनासँग […]
सुरेशको उपचारका लागि दक्षिण कोरियाबाट ३७ हजार सहयोग
विकल्प न्यूज/बेनी मंसिर ११ गते । मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सञ्चालन गरिएको अभियानका क्रममा मंगलवार दक्षिण कोरियाबाट थप ३७ हजार एकसय ८० रुपियाँ सहयोग प्राप्त भएको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानलाई सहयोग पु¥याउन मंगला गाउँपालिका ४ सोरडाँडा स्थायी घर भई हाल दक्षिण कोरियामा […]
रितुङ्ग माविको पुननिर्माण र बाढीपीडितको सहयोगार्थ संकलित सहयोग हस्तान्तरण
विकल्प न्यूज/बेनी मंसिर १० गते । रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा बाढीले बगाएको रितुङ्ग माविको पुननिर्माण र घरबार विहिन बाढी पिडितको लागि बेलायतबाट करिब १४ लाख सहयोग जुटेको छ । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले बगाएको रितुङ्ग माविको पूर्वाधार निर्माण र बाढीबाट घरबार विहिनको लागि बेलायतमा बस्ने कुईनेमंगलेबासीको पहलमा संकलन भएको रु […]
घलेम्दी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा (फोटोफिचर)
विकल्प न्यूज/बेनी मंसिर ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन साढे पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना निर्माण अन्तीमचरणमा पुगेको छ । आयोजनाले चैत मसान्त भित्र परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ निर्माणलाई तिव्र पारेको छ । आयोजनाको पूर्वाधार निर्माणको करिव ९० प्रतिशत सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनिधी रिजाल(विमल)ले जानकारी […]
बेनीमा हुने जेसीज कप फुटबलको तयारी पुरा
विकल्प न्यूज/बेनी मंसिर ९ गते ।मंगलबार देखि बेनीमा सुरु हुने जेसिज कप फुटबल प्रतियोगिता २०१८ को सवै तयारी पुरा भएको छ । अन्तर माध्यमिकस्तरीय जेसिज कपको यो १७ औं संस्करण हो । आइतवार जेसिज सचिवालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सवै तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन । सोमबार तिन बजे जिल्ला समन्वय समितिका प्रमुख […]
नमुना सडक निर्माण गर्ने उपभोक्ता समितिलाई बाजागाजा सहित भव्य सम्मान (भिडियो सहित)
विकल्प न्यूज/जलजला मंसिर ७ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ स्थित मिलनचोकमा नमुना सडक निर्माण गर्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई स्थानीयवासीले भव्य सम्मान गरेका छन् । मिलनचोक लेकफाँट धौलपर सालिजा मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लालविर पुन सहित पदाधिकारीहरुलाई बाजागाजा र अविरजात्रा गरेर मिलनचोक वासीहरुले शुक्रवार भव्य सम्मान गरेका हुन । दुइमहिना अघि सुरु भएको योजना शुक्रवार सम्पन्न […]
बेनीमा लैङ्गिक समानता तथा समावेशीता सम्बन्धी कार्यशाला
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, मंसिर ७ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा लैङ्गिक समानता तथा समावेशीता स्थानीयकरण विषयक कार्यशाला सुरु भएको छ । बेनी नगरपालिकाको संयोजनमा म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबारदेखि जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गरेर कार्यशाला सञ्चालन गरिएको हो । कार्यशालाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले लैङ्गिक समानता तथा सामाजिक समावेशीताको […]
शिक्षक पेशा सँगै मौरीपालनमा अब्बल
विकल्प न्यूज/बेनी मंसिर ७ गते । म्याग्दीको बेनी नगरपालिका ५ डडुवाका एक शिक्षकले सरकारबाट पाउने तलब भन्दा दुईगुणा वढी मौरीपालन व्यवसायबाट कमाउनुहुन्छ । दुईदशक अघिबाट मौरीपालन व्यवसाय गर्दै आउनुभएका शिक्षक मिनवहादुर खत्री जिल्लामै अब्बल मौरीपालक कृषकका रुपमा नाम कमाउनुभएको छ । उहाँले नाम सँगै मनग्य दाम पनि कमाउन सफल हुनुभएको छ । २०५१ सालबाट शिक्षक […]
विविध कार्यक्रमसहित म्याग्दीमा १६ दिने अभियान मनाइने
विकल्प न्यूज/बेनी म्याग्दी, मंसिर ७ म्याग्दीमा विविध कार्यक्रमहरुको आयोजना गरेर यस वर्षको महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइने भएको छ । बिहीबार बेनी नगरपालिकाको आयोजनामा सरोकारवालाहरुको उपस्थितिमा बसेको वैठकमा विविध कार्यक्रमसहित १६ दिने अभियान मनाउनेबारे छलफल र अन्तत्र्रिmया गरिएको हो । वैठकमा आउँदो ९ गते अर्थात् नोभेम्बर १० तारिखका दिन सदरमुकाम बेनीमा सरोकारवाला निकाय, संघसंथा […]