ताजा समाचार:
Search

राष्ट्रिय समाचार

मंगला गाउँपालिकामा सुत्केरी भैँसीलाई भत्ता !

विकल्प न्यूज/बेनी साउन १० गते । मंगला गाउँपालिकाले सुत्केरी भैंसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर […]

जलजलाका बाढी, पहिरो पीडितलाई तारजाली र पाईप सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० साउन ।जलजला गाउँपालिकाले धाईरीङ र लस्तीका पहिरो पीडितलाई तारजाली र पाईप सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को निर्देशनमा २५ एमएमको ८०० मिटर पाईप र १४८ थान तारजाली उपलब्ध गराइएको सल्लाहकार याम शर्माले जानकारी दिनुभयो । खानेपानी आपूर्ती र जोखिमयुक्त क्षेत्रमा पहिरो नियन्त्रणका लागि सहयोग गरिएको हो । […]

जलजला गाउँपालिकाकाे कार्यालय पछाडिबाट अबैध रूपमा नदिकाे दाेहन

सन्तोष गौतम/ विकल्प बेनी १० साउन । सार्वजनीक खरिद ऐन, संघीय र प्रदेश सरकारको आग्रह तथा अदालतको आदेश विपरीत म्याग्दीको सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा हेभी ईक्युभमेन्ट (एक्साभेटर) प्रयोग गरेर कालीगण्डकी नदीको अबैध दोहन भएको छ । सार्वजनीक खरिद ऐनले ठेक्का प्रतिस्पर्धा बिना नदीजन्य बस्तुको उत्खनन र निकासी गर्न रोक लगाएको छ भने […]

पहिरोले विद्यालय भवन र सडक जोखिममा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० साउन । पहिरो र नदी कटानका कारण म्याग्दीको विभिन्न ठाउँमा सार्वजनिक पूर्वाधारमा क्षति पुगेको छ । बेनी नगरपालिका ३ भकिम्लीको मुसुङ डोले आधारभुत विद्यालयको भवन पहिरोका कारण जोखिममा परेको छ । विद्यालय भवनको पछाडीपट्टि रहेको सडक भत्कीएर पहिरो गएपछि भवन जोखिममा परेको स्थानीय डिलबहादुर थापाले बताउनुभयो । पहिरोले खानेपानीको पाईपलाईनमा […]

धाइरिङको स्वास्थ्यचौकीलाई एकै परिवारबाट एकलाख पाँचहजार सहयोग

विकल्प न्यूज/जलजला साउन ९ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ धाइरिङको स्वास्थ्य चौकीलाई स्थानीय एक समाजसेवीले एकलाख पाँचहजार रुपियाँ सहयोग गर्नुभएको छ । धाइरिङ सल्यानका तुलसीराम उपाध्यायले स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि जग्गा खरिद गर्न उक्त रकम सहयोग गर्नुभएको हो । नयाँ सुविधा सम्पन्न भवन निर्माणका लागि गाउँलेहरुले २० लाख रुपियाँमा दुइरोपनी जग्गा […]

बेनीमा नौ किलोमिटर नयाँ सडक निर्माण

विकल्प न्यूज/बेनी साउन ९ गते । बेनी नगरपालिका क्षेत्रमा गत आर्थिक वर्ष २०७४/७५ मा नौ किलोमिटर नयाँ सडकको ट्याक निर्माण भएको छ । नगरपालिकाले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा गत वर्ष १४ वटा योजना मार्फत ९.१ किलोमिटर सडकको नयाँ ट्याक निर्माण भएको जानकारी गराइएको हो । १८ वटा योजना मार्फत ४.५ किलोमिटर पदमार्ग निर्माण, ०.८२ […]

बिरामीलाई आएको सहयोग जनप्रतिनिधिको खल्तीमा

विकल्प न्यूज/बेनी साउन ९ गते ।  एकबर्ष अघि सडक बोर्डले म्याग्दीको तोरीपानी–ढोल्ठान सडक मर्मतका लागि ८ लाख रुपैयाँ बजेट विनीयोजन ग¥यो । उपभोक्ता समितिका अध्यक्ष खिम बहादुर कार्की भए । समितिले डोजर प्रयोग गरेर सडक मर्मत गर्दा, धुपीबोटमा एउटा दुर्घटना भयो । आफ्नै जग्गामा भइरहेको सडकको काम अवलोकन गर्ने क्रममा रुख ढल्दा स्थानीय ७० बर्षीय […]

म्याग्दी उद्योग वाणिज्य संघद्धारा ३० लाखको व्यवसायिक हितकोष स्थापना

विकल्प न्यूज /बेनी म्याग्दी ९ साउन ।   म्याग्दी उद्योग वाणिज्य संघले अप्ठ्यारो, आपत, विपद्मा परेका व्यवसायीलाई सघाउने उद्देश्यले हितकोष स्थापना गरेको छ । संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षतामा मंगलबार बेनी स्थित कार्यालयमा बसेको बैठकले हितकोष स्थापना तथा सञ्चालन सम्बन्धि कार्यबिधी पारीत गरेको हो । तिस लाख रुपैयाँको कोष स्थापना गर्ने लक्ष्य रहेको संघका महासचिव लिलाराम […]

व्यवसाय विस्तारले गरिमाको खुद नाफा २८ प्रतिशतले बढ्यो

विकल्प न्यूज/काठमाण्डौं साउन ८ गते । गरिमा विकास बैंक(GBBL)को खुद नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २७.७९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३४ करोड २६ लाख खुद नाफा आर्जन गरेको बैंकले गत अावमा ४३ करोड ७८ लाख नघाएको हो । समिक्षा अवधिमा बैंकले निक्षेप संकलन ४६ तथा कर्जा परिचालन ४५ प्रतिशतले बढाएको छ । अघिल्लो […]

जलजलाका पहिरो पीडित ः न बास, न जमिनको आस

अगन्धर तिवारी /जलजला पर्वत,साउन ८ गते । पर्वतको जलजला ८ मा पहिरोले घर पुरिएपछि विद्यालय परिसरमा आश्रय लिएका स्थानीय बासिन्दा । तस्बिर : अगन्धर तिवारी जलजला ८ का बमबहादुर परियार सुकुम्बासी हुन् । मजदुरी गर्दै आएका परियार लस्तीबजारमाथिको बरेनेटामा बनाएको टहरोमा बस्दै आएका थिए । उनले दु:खजिलो गरी बनाएको घर गत मंगलबारको पहिरोमा बग्यो । उनले बुढेसकालको सहारा छोरालाई […]

बेनीका पर्यटकीय स्थलमा पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी साउन ८ गते । म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा रहेका धार्मीक पर्यटकीय स्थलमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङ, धौलागिरी, अन्नपूर्ण हिमाल र ढोरपाटन शिकार आरक्षको प्रवेशद्धार बेनीको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्न थालिएको हो । बेनीका आसपासमा रहेका पर्यटकीय क्षेत्रहरुमा भौतिक पूर्वाधार निर्माण गर्न सरकारी र निजी […]

गलेश्वरमा पहिलो दिन १५ हजार भक्तजनले पूजाअर्चना गरे

प्रताप बानियाँ/ विकल्प म्याग्दी, साउन ७ ।म्याग्दीको बेनी नगरपाविकल्प गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनहरुले घुइँचो लागेको छ । यसवर्ष साउन महिनाको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट करिब १५ हजार दर्शनार्थी भक्तजनहरुले शिवालयमा पुजाआजा गरेका छन् । गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, रुपन्देही, चितवन र सर्लाही जिल्लाबाट […]

म्याग्दीका मनवहादुर पुर्जा सहित ११ पौरखी किसान पुरस्कृत

६ साउन, पोखरा । व्यवसायिक रुपमा कृषि पेसा अंगाल्दै आएका उद्यमीलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश प्रमुख उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको हो । प्रदेश प्रमुख बाबुराम कुँवरले सर्वोत्कृष्ट १ सहित १० किसानलाई नगदसहित सम्मान गरे । ५० हजार रुपैयाँसहितको सर्वोत्कृष्ट पुरस्कार हेम्जा गाई फार्मका घनश्याम […]

धौलागिरि गाउँपालिकाको “एक विद्यार्थी एक बोट ओखर” कार्यक्रम

विकल्प न्यूज/बेनी साउन ६ गते । धवलागिरी गाउँपालिकाले “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा समावेश भएको यस कार्यक्रम कार्यान्वयनका लागि गाउँसभाबाट दश लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । विद्यार्थीको स्मरण शक्ति वृद्धि गरी सिर्जनात्मकताको प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन गर्न […]

सांसद केसीद्वारा यातायात क्षेत्रलाई व्यवस्थित गर्न ध्यानाकर्षण

विकल्प न्यूज/बेनी साउन ५ गते । गण्डकी प्रदेशका सांसद विनोद केसीले यातायात क्षेत्रलाई ब्यवस्थीत बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार बसेको गण्डकी प्रदेशको प्रदेश सभामा विशेष समय लिएर बोल्दै सांसद केसीले सार्वजनिक यातायात क्षेत्रलाई ब्यवस्थित बनाउन ध्यानाकर्षण गराउनुभएको हो । संघिय सरकारले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउन सुरु गरेको पहल सकारात्मक रहेपनि ब्यवस्थापनको पक्ष […]