राष्ट्रिय समाचार
बेनी देखि तोरीपानी जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते

विकल्प न्यूज/बेनी बैशाख २५ गते । बेनीबाट बेनी नगरपालिका ९ तोरीपानीका लागि छुटेको ना ५ ख नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ । बुधबार साँझ पाँज बजे नेप्टेचौर दे्खि तल भुतादैला नजिकबाट बस तल खस्दा १५ जना यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको सवैको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको […]
अध्यक्ष रोकाद्धारा क्याम्पसलाई २ लाख सहयोग

विकल्प न्यूज/बेनी बैशाख २५ गते । म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले आफूले प्राप्त गरेको सेवासुविधाको रकम शैक्षिक संस्थालाई सहयोग गर्नुभएको छ । अध्यक्ष रोकाले बुधवार गाउँपालिका केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसलाई दुइलाख रुपियाँ हस्तान्तरण गर्नुभएको हो । जनप्रतिनिधि भएवापत पाउने सरकारी सेवासुविधाबाट प्राप्त भएको रकम रोकाले शैक्षिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । समुदायद्धारा […]
प्रअमाथि कुटपिटमा संलग्न व्यक्ति प्रहरी खोरमा

विकल्प न्यूज \बेनी बैशाख २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानध्यापक माथि नै कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो । […]
बेनीमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईयो

विकल्प न्यूज /बेनी बैशाख १९ गते । म्याग्दीको सदरमुकाम बेनीमा विहिवार राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा प्रभातफेरी गरिएको छ । कम्प्युटर एशोसियसन अफ नेपाल जिल्ला शाखा म्याग्दीले प्रभातफेरी कार्यक्रमको आयोजना गरेर सूचना प्रविधि दिवस मनाएको हो । डिजिटल नेपाल ः विकास र समृद्धिको आधार भन्ने मुल नाराका साथ बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी बजारका […]
सम्पदा मास्दै बेनी नगरपालिका

विकल्प न्यूज/बेनी बैशाख १९ गते । बेनी नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र महत्वपूर्ण सम्पदाहरु मास्न थालेको छ । नगर क्षेत्र भित्र पर्ने मठमन्दिर,बर पिपल र सार्वजनिक चौतारीहरु भत्काएर व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न थालेको हो । बेनी नगरपालिका वडा नम्बर ७ स्थित बेनी सामुदायिक विद्यालयको छेवैमा रहेको पुराना पिपलको रुखलाई मासेर त्यहाँ व्यवसायिक प्रयोजनका लागि प्रयोग […]
निर्दयी ठेकेदार ! श्रमिक दिवसका दिन मजदुरको मृत्यु

विकल्प न्यूज/बेनी बैशाख १८ गते । आज एकसय ३० औं मजदुर दिवस । संसारका श्रमिकहरुले विभिन्न कार्यक्रमहरु गरेर मजुदर दिवस मनाइरहेका थिए । तर यता म्याग्दीमा भने एकजना मजदुरको सडक विस्तार गर्ने क्रममा पुरिएर मृत्यु भयो । श्रमिक दिवसका दिन पनि ठेकेदारले मजदुरलाई विदा दिएनन् । विदा नदिएका कारण मजदुरको मृत्यु भयो भन्न खोजिएको त होइन […]
अर्थुङ्गे रेडक्रसको बहुउद्देश्यीय भवनका लागि जग्गा दान

विकल्प न्यूज/बेनी बैशाख १७ गते । नेपाल रेडक्रस सोसाइटी अर्थुङ्गे छाप उपशाखाको बहुउद्देश्यिय भवन निर्माणका लागि अर्थुङ्गे का धु्रबलाल शर्माले जग्गादान गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको पूर्व उपमन्त्री समेत रहनुभएका शर्माले मंगलबार जिल्ला मालपोत कार्यालयमा उपशाखाको नाममा करिब तीन आना जग्गा रजिस्टे«शन पास गरिदिनुभएको हो । उहाँले उपलब्ध गराउनुभएको जग्गाको बजार मूल्य […]
तिम्ल्याह शिशू जन्माएका परियार दम्पतीलाई प्रदेश सरकारको सहयोग

सन्तोष गौतम /विकल्प न्यूज बेनी १७ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीमा तिम्ल्याह शिशू जन्माएका एक दम्पतीलाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा अपांग अशक्त असाहयलाई उपचार सहयोग कार्यबिधि अनुसार कमला र समिट परियारको दम्पतिलाई एकलाख रुपैयाँ उपलब्ध गराइएको हो । मन्त्रालयकी महिला विकास निरिक्षक […]
भुलमाया तिलिजाद्धारा शान्तिकोषलाई दुइलाख सहयोग

विकल्प न्यूज/बेनी बैशाख १७ गते । बेनी नगरपालिका ८ पिपलचोककी स्थानीय भुलमाया तिलिजाले म्याग्दीको परकोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग गर्नुभएको छ । गरिब र विपन्न म्याग्देलीहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गर्न लागिएको दुइकरोडको अक्षयकोषमा सहयोग गर्ने तिलिजालाई संस्थाका अध्यक्ष राजेश शाक्यले संरक्षक सदस्यता प्रदान गर्नुभयो । स्थानीय कालीपुल आमा समुहकी अध्यक्ष तिलिजा र उहाँको […]
यस्ता छन् धवलागिरी गाउँ कार्यपालिका बैठकका निर्णयहरु

विकल्प न्यूज/बेनी बैशाख १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा लेखा समिति गठन भएको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार बसेको कार्यपालिका बैठकले गाउँसभा अन्तरगत लेखा समिति गठन भएको हो । वडा न. ५ का वडा अध्यक्ष खर्ककुमारी छन्त्यालको प्रस्तावमा कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा प्रस्तावक छन्त्याल र वडा […]
बेनीमा विद्युतिय पुस्तकालय सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न

विकल्प न्यूज/बेनी बैशाख १६ गते । म्याग्दी सदरमुकाम बेनीमा सोमबार तीन दिने विद्युतिय पुस्तकालय सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । नेपाल लाइब्रेरी फाउण्डेसन र म्याग्दी प्रवासी नेपाली संघ(मोना)को आयोजनामा भएको तालिममा म्याग्दी, पर्वत र बागलुङका ५० वटा विद्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विद्युतिय […]
निर्माण व्यवसायी संघमा सल्लाहकार चयन

विकल्प न्यूज/बेनी बैशाख १६ गते । निर्माण व्यवसायी संघ म्याग्दीको सोमबार बेनीमा बसेको चौथो बैठकले सल्लाहकार चयन गरेको छ । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा भएको बैठकले ७ जना सल्लाहकार मनोनित गर्ने लगायतका निर्णयहरु गरेको हो । लोकबहादुर मल्ल, रामकृष्ण मल्ल, नेत्रबहादुर महत, एकेन्द्र रावल, सन्तोष रावल, कृष्णसिंह बानिया र रवी भण्डारीलाई सल्लाहकारमा मनोनित गरेको […]
बेनीमा नेतृत्व तथा संस्थागत विकास तालिम सुरु

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, बैशाख १६ । म्याग्दीको बेनी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा नेतृत्व तथा संस्थागत विकाससम्बन्धी तालिम सुरु भएको छ । महिलाहरुमा नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले आर्थिक परनिर्भरताकै कारण समाजमा महिलाहरु हिंसामा […]
पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्विर सहित)

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, बैशाख १६ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित रहेको प्रमुख तथा प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको संयुक्त आयोजनामा पर्यटनसम्बन्धी कार्यक्रम गरिएको हो । ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ अन्तर्गत शनिबार र आइतबार दुई दिनसम्म […]
गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलनद्धारा पाँच बुँदै घोषणा पत्र जारी

विकल्प न्यूज/पोखरा बैशाख १४ गते । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन पाँच बुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ । मिडिया सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने, समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारीजस्ता घटनाको […]