भुलमाया तिलिजाद्धारा शान्तिकोषलाई दुइलाख सहयोग

विकल्प न्यूज/बेनी
बैशाख १७ गते । बेनी नगरपालिका ८ पिपलचोककी स्थानीय भुलमाया तिलिजाले म्याग्दीको परकोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग गर्नुभएको छ ।

गरिब र विपन्न म्याग्देलीहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गर्न लागिएको दुइकरोडको अक्षयकोषमा सहयोग गर्ने तिलिजालाई संस्थाका अध्यक्ष राजेश शाक्यले संरक्षक सदस्यता प्रदान गर्नुभयो ।

स्थानीय कालीपुल आमा समुहकी अध्यक्ष तिलिजा र उहाँको श्रीमान रामबहादुर तिलिजाले आईतवार ओमकुमारी शान्ति कोषलाई सहयोग उक्त सहयोग गर्नुभएको संस्थाका अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

संस्थाले दुइकरोडको अक्षयकोषका लागि देश विदेशमा रहेका म्याग्देलीहरुलाई आह्वान गरेको छ । कोषले अहिले सम्म एकसय भन्दा वढी गरिब र विपन्नहरुको उपचारमा सहयोग गरिसकेको छ ।