सम्पदा मास्दै बेनी नगरपालिका

विकल्प न्यूज/बेनी
बैशाख १९ गते । बेनी नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र महत्वपूर्ण सम्पदाहरु मास्न थालेको छ । नगर क्षेत्र भित्र पर्ने मठमन्दिर,बर पिपल र सार्वजनिक चौतारीहरु भत्काएर व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न थालेको हो ।

बेनी नगरपालिका वडा नम्बर ७ स्थित बेनी सामुदायिक विद्यालयको छेवैमा रहेको पुराना पिपलको रुखलाई मासेर त्यहाँ व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्ने सटर निर्माण गर्न लागेको छ । यसवारेमा नगरप्रमुख हरिकुमार श्रेष्ठलाई कुनै जानकारी छैन । उहाँले यसवारे आफूलाई कुनै जानकारी नै नभएको प्रतिकृया दिनुभयो ।

वातावरणीय र धार्मिक हिसावले पिपलको उपयोगी रुख हो । रुखविरुवालाई संरक्षण गरी वातावरण हराभरा बनाउनुका साटो उल्टो मासेर नगरपालिकाले जात्रा देखाएको स्थानीयहरुले बताएका छन् ।

हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र पिपल हो । यसलाई संरक्षण गर्नुपर्दछ मुस्लीम युवा रहमत खानले भन्नुभयो ।

‘ पिपल काटिएको काटिएको मैले पनि देखेको छु नगर प्रमुख श्रेष्ठले भन्नुभयो ‘ किन कसरी पिपल काटियो यसवारे मलाई थाहा छैन ।’ रुख काटेर झरा उखालेर नै फाल्ने भन्ने रहेछ । यसलाई संक्षण गर्नुपर्ने हो तर मास्न थालिएको छ । मलाई केही थाहा छैन ।’ नगरप्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो । रुख काट्नका लागि वडाअध्यक्षले समन्वय गरेका छैनन् । आफ्नो हिसावले काम गरेका छन् । उहाँले भन्नुभयो ।