निर्दयी ठेकेदार ! श्रमिक दिवसका दिन मजदुरको मृत्यु

विकल्प न्यूज/बेनी
बैशाख १८ गते । आज एकसय ३० औं मजदुर दिवस । संसारका श्रमिकहरुले विभिन्न कार्यक्रमहरु गरेर मजुदर दिवस मनाइरहेका थिए । तर यता म्याग्दीमा भने एकजना मजदुरको सडक विस्तार गर्ने क्रममा पुरिएर मृत्यु भयो ।

श्रमिक दिवसका दिन पनि ठेकेदारले मजदुरलाई विदा दिएनन् । विदा नदिएका कारण मजदुरको मृत्यु भयो भन्न खोजिएको त होइन तर आजको दिन ति मजदुरले विदा पाएको भए यस्तो घटनाबाट ति मजदुर भने पक्कै जोगिन्थे ।

बेनी–दरबाङ्ग सडक खण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेका बर्दियाका अन्दाजी ३५ बर्षिय कालु राम थारुको करिब १०र१२ मिटर माथिबाट ढुङ्गा माटोकोढिस्कोले पुरिदा मृत्यु भउको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्काभेटरको मद्दतले माटो पन्छाएर बाहिर निकाल्दासम्म थारुको मृत्यु भईसकेको प्रहरीले उल्लेख गरेको छ । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।