बेनीमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईयो

विकल्प न्यूज /बेनी
बैशाख १९ गते । 

म्याग्दीको सदरमुकाम बेनीमा विहिवार राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा प्रभातफेरी गरिएको छ । कम्प्युटर एशोसियसन अफ नेपाल जिल्ला शाखा म्याग्दीले प्रभातफेरी कार्यक्रमको आयोजना गरेर सूचना प्रविधि दिवस मनाएको हो ।

डिजिटल नेपाल ः विकास र समृद्धिको आधार भन्ने मुल नाराका साथ बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग हुँदै सोहि स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभाका प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले सूचना प्रविधिको विकासले मानिसको जिवन शैलीमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो । विकास र समृद्धि हाँसिल गर्न आधुनिक प्रविधिलाई आत्मसाथ गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

आधुनिक प्रविधिलाई आत्साथ नगरे सम्म कुनै पनि काम गर्न सकिँदैन भन्दै उहाँले सूचना प्रविधिको विकास र यसको पहुँच वृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।

जिसस प्रमुख केसीले विद्यालयतह देखि नै प्रविधिको विकासमा जोड दिनुपर्ने उहाँँले बताउनुभयो ।
क्यान म्याग्दीका अध्यक्ष बामदेब रिजालको अध्यक्षता र लालबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्धनका लागि नेपाल सरकारले गत वर्षदेखि हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस को रुपमा मनाउँदै आईरहेको छ ।