विकल्प न्यूज/बेनी
बैशाख १७ गते । नेपाल रेडक्रस सोसाइटी अर्थुङ्गे छाप उपशाखाको बहुउद्देश्यिय भवन निर्माणका लागि अर्थुङ्गे का धु्रबलाल शर्माले जग्गादान गर्नुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको पूर्व उपमन्त्री समेत रहनुभएका शर्माले मंगलबार जिल्ला मालपोत कार्यालयमा उपशाखाको नाममा करिब तीन आना जग्गा रजिस्टे«शन पास गरिदिनुभएको हो । उहाँले उपलब्ध गराउनुभएको जग्गाको बजार मूल्य करिब पाँच लाख रुपैयाँ भएको अनुमान गरिएको छ ।
शर्माले उपलब्ध गराउनुभएको जग्गाको छेउमा रहेको करिब साढे दुई आना जग्गा पनि स्थानीय मित्रकुमारी खड्काले दान गर्ने घोषणा गर्नुभएको उपशाखाका सभापति कृष्णप्रसाद सुवेदीले बताउनुभयो । उपशाखालाई प्राप्त भएको जग्गामा बहुउद्देश्यिय सामुदायिक भवन निर्माण गर्ने योजना रहेको छ ।