ताजा समाचार:
Search

राष्ट्रिय समाचार

गोष्ठी गर्दै बजेट सक्दै, महँगा होटलमा कर्मचारी भरिभराउ

विकल्प न्यूज/बेनी असार ३ गते ।  असार महिना ।  किसान खेतीपातीमा व्यस्त छन् । यतिबेला सरकारी कर्मचारी पनि चटारोमा छन् ।  किसानलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ। तर सरकारी निकाय भने बजेट सक्ने नाममा गोष्ठी र सेमिनारमा मग्न छन् ।  गोष्ठीकै कारण सहरी क्षेत्रमा महँगा होटल भरिभराउ छन् । सरकारले ०७५ वैशाख २७ मा […]

मंगला गाउँपालिकाका युवायुवतीलाई १७ दिने लोकसेवा तयारी कक्षा

विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीको मंगला गाउँपालिकाले यहाँका युवायुवतीहरुलाई लोकसेवा तयारी तालिम प्रदान गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग र हेमन्त मल्टि एजुकेशन सिर्भिस प्रा.ली बागलुङको व्यवस्थापनमा १७ दिने लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो । आइतवार तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाका युवाहरुलाई सरकारी सेवाप्रतिको आकर्षण बढाउन लोकसेवा तयारी कक्षा सञ्चालन […]

बाबियाचौरमा सार्वजनिक सुनुवाई

विकल्प न्यूज/बेनी असार १ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको व्यवस्थापन तथा सहजिकरणमा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा सुनुवाई गरिएको थियो । गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमलाई […]

नेत्रज्योती संघ म्याग्दीको अध्यक्षमा बानियाँ

विकल्प न्युज म्याग्दी, जेठ ३२ गते । नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दीको प्रथम साधारणसभा तथा अधिवेशनबाट अमर बानियाँ सभापतिमा चयन भएका छन् । ‘दृष्टिमा सबैको अधिकार’ भन्ने मूल नारासहित शुक्रबार बेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले बानियाँको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन गरेको हो । िजल्ला शाखाको सदस्यहरुमा कृष्णबहादुर बानियाँ, लक्ष्मण केसी, ठहरबहादुर भण्डारी, […]

फौजदारी संहिताबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनिल पौडेल जेठ ३२ गते । युवा सञ्जालका सदस्यहरुलाई लैङ्गिक हिंसामा आधारित फौजदारी संहिताबारे अभिमुखिकरण कार्यक्रम बेनीमा सम्पन्न भएको छ । बालिका पैरवी सञ्जाल परियोजना अन्र्तगत प्लान इन्टरनेस्नलको सहयोग र सिविन नेपालको आयोजनामा २ दिनसम्म सम्पन्न भएको उक्र कार्यक्रमको पहिलो दिनमा बोल्दै जिल्ला यूवा समितिका अध्यक्ष डि।पी शर्माले जवसम्म हामी आफँु आत्मनिर्भर हुन सक्दैनौ तबसम्म […]

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

विकल्प न्युज बागलुङ,जेठ ३२ गते । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ध १ ज ५१३ नम्बरको ट्याक्सी गए राति १० बजे भेडिखोलामा दुर्घटना भएको हो । दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको […]

मेयर गैरजिम्मेवार ः नेकपा, गैरकानुनी निर्णय खारेज हुनुपर्दछ ः काँग्रेस

विकल्प न्यूज/बेनी जेठ ३० गते ।जिल्लाको बेनी नगरपालिकाका जनप्रतिनिधिको अपरिपक्कता र दुरदर्शीताको अभावका कारण नगरपालिका यतिखेर बन्धक बनेको छ । नगरपालिकाले बनाउने विभिन्न ऐन,नियम, कार्यविधि र बजेट निर्माणमा जनप्रतिनिधिको आलोकाँचो प्रवृत्तिका कारण नगरपालिका समय समयमा विवादमा मुछिदै आएको त छ नै अर्को तिर बहुमत र अल्पमतका कारण नगरपालिका यतिखेर बन्दी बनेको छ । आगमी आर्थिक […]

रायखोरका बालबालिकाको बाध्यता ः भिर र जंगल छिचोल्दै विद्यालय

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ ३१ । जंगलको बिच बाटोमा थकित मुद्रामा भेटिएका १२ वर्षीय जीतकुमार शेरपुन्जाले भन्नुभयो “विद्यालय पुग्न अझै डेढ घण्टा कुद्नुपर्दछ ।” रघुगंगा गाउँपालिका ६ पाखापानी स्थित अमर माध्यमिक विद्यालयमा पुग्न शेरपुन्जा दैनिक ३ घण्टा हिड्नुहुन्छ । विहान ७ बजे खाईनखाई हिडेको बताउँने शेरपुन्जाको झोलामा किताव सँगै खाजा पनि छ । ‘विद्यालय पुग्न […]

बेनपामा बहुमतलाई ठेस : निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

विकल्प न्युज बेनी,जेठ २९ गते । बेनी नगर कार्यपालिकामा बहुमतका आधारमा निर्णय गरेको कर्मचारी व्यवस्थापनका विषयमा तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराको बागलुङ इजलासले आदेश दिएको छ । बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको हो । नगर प्रमुख हरिकुमार श्रेष्ठले कार्यपालिका सदस्य […]

रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

विकल्प न्युज पर्वत, जेठ २९ गते । पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभिजनलगायतका सामग्री पूर्णरूपमा […]

बेनी नगरका सदस्यहरुद्धारा विशेष नगरसभाको माग

विकल्प न्यूज/बेनी जेठ २८ गते ।बेनी नगरपालिकाका एक तिहाई सदस्यहरुले विशेष नगरसभाको माग गरेका छन् । नगरसभामा रहेका एकतिहाई सदस्यहरुले हस्ताक्षर गरेर विशेष नगरसभाको वैठक राख्न मेयर हरिकुमार श्रेष्ठ समक्ष माग गरेका हुन । एकतिहाई सदस्यको हस्ताक्षर आवश्यक रहेपनि नगरसभामा रहेका पचास जना सदस्यहरु मध्य २४ जनाले निवेदनमा हस्ताक्षर गरेर विशेष सभाको माग गरेको बेनी […]

रघुगंगाको दुर्गम कुइनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई

धिरन खत्री/बेनी म्याग्दी, २८ जेठ । भौगोलिक विकटता र सडकको पहुचँ नपुगेको बस्तीस्तरमा आधारभूत सरकारी सेवाहरु पु¥याउने उद्देश्यले रघुगंगा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापनालाई तिव्रता दिएको छ । त्यस्तै सोमबार गाउँपालिकाको दुर्गमबस्ती भनेर चिनिने वडानम्वर ८ को कुईनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिएको छ । कुईनेखानीमा बसोबास गर्ने ६० घरदुरीलाई लक्षित गरेर ५ लाख रुपैया लागतमा […]

बेनीमा गजल उत्सव (भिडियोसहित)

विकल्प न्यूज/बेनी जेठ २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार गजल उत्सव सम्पन्न भएको छ । म्याग्दी साहित्य सञ्चारले संस्थाको तेस्रो अधिवेशनका अवसरमा गजल उत्सव कार्यक्रमको आयोजना गरेको हो ।   गजल उत्सव कार्यक्रममा दश जिल्लाका १० जना भन्दा बढी गजलकारहरुले गजल बाचन गर्नुभएको छ । गजल उत्सवमा बागलुङका राम अविरल,रौतहटकी रेणुका जिसी, स्याङ्जाका मिलन समीर,नवलपुरका […]

खिवाङमा नेकपाको कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी जेठ २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिवाङ शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्नुहुदै नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सांसद भुपेन्द्रबहादुर थापाले सरकारले सुखी नेपाल र सम्बृद्ध नेपालको नारा तथा चुनावी घोषणा पत्र अनुसारनै आगामी आर्थिक वर्षको बजेट ल्याएको जानकारी दिनुभयो । नेकपा नेतृत्वको सरकार […]

राप्रपाको दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा बेनीमा (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दोस्रो चरणको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा म्यग्दीको सदरमुकाम बेनीमा आइपुगेको छ । विहिवार मुस्ताङको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथबाट सुरु भएको यात्रा शनिबार बेनी आइपुगेको हो । पार्टीका अध्यक्ष कमल थापाले यात्राको नेतृत्व गर्नुभएको छ । यात्रामा राप्रपाका केन्द्रिय सदस्यहरुको पनि सहभागिता रहेको छ । […]