विकल्प न्युज
मुस्ताङ चैत्र ११ गते । मुस्ताङको घरपझोङ गाउँपालिका( १ छैरोको तिब्बतियन क्याम्पनजिकै सुख्खा पहिरो गएको छ । गएराति २ बजेबाट जान सुरु गरेको पहिरोले ठूलो धनजनको क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
बेनी(कोराला सडक खण्डअन्तर्गत छैरो, चिमाङ जाने झोलुङ्गे पुलबाट करिब ५ सय मिटर टाढा एउटा सुन्दर बस्ती छ । लामो समयदेखि बस्दै आएको उक्त तिब्बतीयन क्याम्पमा अहिले ६३ घरधुरी रहेको बताइएको छ ।
यद्यपि ५० घरधुरीमा मात्रै मानिसहरू बसोबास गर्ने भए पनि बाँकी सामुदायिक भवन, स्वास्थ्य चौकी, तारा खेल्नको लागि बनाइएको घर, विद्यालय, कभर्ड हल, सार्वजनिक शौचालय, गाईगोठ र गुम्बा रहेका छन् ।
राति २ बजेबाट आउन सुरु गरेको सुख्खा पहिरोले बिहानसम्म करिब २५(३० लाखसम्मको भौतिक क्षति गराएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका हवलदार टेकबहादुर श्रेष्ठले बताए । छैरो गाउँ, टिबिटेन क्याम्प र चिमाङ गाउँ आउजाउ गर्ने करिब ३० मिटर मुख्य बाटो पूरै पहिरोले बगाएको श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार अहिले पुरै बस्ती जोखिममा छ । रातिदेखि पहिरो आएको भएपनी अझै धेरै जोखिम निम्त्याउन सक्नेछ, उनले भने( हालसम्म ३ ओटा सार्वजनिक शौचालय, एउटा स्वास्थ्य चौकी, एउटा स्नान घर, एउटा गाईगोठ पूर्ण रूपमा बगाएको छ । बाँकी पहिरोनजिक रहेका ८ घर उच्च जोखिममा छन् ।
श्रेष्ठका अनुसार ५० मिटर उचाइसहितको करिब ३ सय मिटर लामो बाटो पूरै पहिरोले बगाउन सुरु गरेको छ । चाँडोभन्दा चाँडो बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ लैजाने काम भइरहेको श्रेष्ठले बताए ।
उता छैरो टिबेटेन क्याम्पका गाउँ प्रमुख नुर्बु फुन्चोकले हिजो मात्र ग्याबिन जाली भर्नका लागि डोजरको सहायताले खोला किनारनजिक आवश्यक रूपमा खन्ने काम भएको बताए । ‘हिजो मात्र डोजर ल्याएर खनेका थियौँ तर राती अचानक पहिरो आयो,’ उनले भने( ‘रातारात सुरक्षित स्थानतर्फ जाने काम भयो । अहिले पहिरोको उच्च जोखिममा रहेको करिब ८ घरधुरीमा बसोबास गर्ने स्थानीय छिमेकीकहाँ शरण लिन बाध्य भएका छन् ।’
फुन्चोकका अनुसार रातभर नसुती छिमेकीहरूको सामान ओसारपसार गर्नतिर गाउँले लागेका थिए । अहिले उनीहरू सुरक्षित स्थानमा छन् । श्रेष्ठले भने( ‘बरु छिटोभन्दा छिटो सम्बन्धित सरोकारवाला निकायहरूले आवश्यक सहयोग गर्न जरुरी छ ।’
यसमा खोला किनारबाटै बाँध लगाउने र थप जोखिम नहोस् भन्नका लागि ठुला(ठुला सल्लाका रुखहरू काट्न जरुरी रहेको उनको भनाइ छ । न्युज२४