अन्नपूर्णका बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण

विकल्प न्यूज/बेनी
चैत १० गते । अन्नपूर्ण गाउँपालिकाले बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल एजेकेशन फाउण्डेशनको संयोजनमा आइतबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको अनुशिक्षण कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको हो ।

गाउँपालिकामा सञ्चालित ४१ व्टा बालविकास केन्द्रलाई आवश्यक खेलौना, खेलकुद र शैक्षिक सामग्रीहरु वितरण गरिएको कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिनुभयो ।
गाउँपालिकाको शिक्षा शाखाका कर्मचारी भरतप्रसाद पुनको सञ्चालन र सामाजिक विकास समिति संयोजक फगामीको स्वागतमा भएको कार्यक्रमको अध्यक्षता गर्नुभएका गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले शैक्षिक सामग्रीले बालविकास केन्द्रलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।