विप्लवद्धारा आन्दोलनको घोषणा

११ चैत, काठमाडौं । 

नेकपा विप्लव समूहले आफूमाथि लगाएको प्रतिबन्ध हटाउने सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ ।

सरकारले २८ फागुना विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेताहरु पक्राउ परेका छन् ।

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार वक्तव्य जारी गर्दै चैतभित्र प्रतिबन्ध हटाउन सरकारलाई अल्टिमेटम दिएका छन् । नभए सरकारका कार्यक्रममाथि नै प्रतिबन्ध लगाउने र साथै आम हड्ताल गर्ने उनको चेतावनी छ ।

पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै विप्लव समूहले आन्दोलनको घोषणा गरेको छ । पर्सी देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर शनिबार बन्द आहृवान गरिएको उसले बतँएको छ ।

विप्लव समूहले १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ । onlinekhabar