राष्ट्रिय समाचार

नारच्याङको माथिल्लो भेगमा अलपत्र परेका पर्यटकलाई हेलिकप्टरबाट सकुशल उद्धार गरियो

विकल्प न्यूज/बेनी माघ १८ गते ।  म्याग्दीको पर्यटकीय स्थल खोप्राबाट नारच्याङ आउने क्रममा विचबाटोमा अलपत्र परेका नेपाली पर्यटकलाई शनिबार सिम्रीक एयरको हेलकप्टरबाट सकुशल उद्धार गरिएको छ । अन्नपूर्ण गाउँपालिका नारच्याङको माथिल्लो भेग ¥यालेखर्क स्थित जंगलको खोचमा अलपत्र परेका पर्यटकहरु अंकित शाह,अभिशेष महतो सर्लाई, सन्जित लामा दोलखा र सुमन भट्ट धनगडीलाई दुई दिनको प्रयास पछि सकुशल उद्धार […]

म्याग्दी जेसिजको पदस्थापना

विकल्प न्यूज/बेनी माघ १९ गते । म्याग्दी जेसिजको २१ औं शाखा अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको शनिबार पदस्थापना गरिएको छ । पहिलो पटक निर्वाचन मार्फत चयन भएका अध्यक्ष सुजन बरुवाल सहित जेसिज पदाधिकारीहरुको बेनीमा एक कार्यक्रमको आयोजना गरेर पुरानो समितिले नयाँ निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो । जेसिजको कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, हरि भण्डारी, कानुनी सल्लाकारमा विरेन्द्र […]

प्रौढ भलिबलको उपाधी राम्चेलाई

सुरेन गुरुङ /विकल्प न्यूज नारच्याङ, १८ माघ ।  म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तरगत पुरुष, महिला तथा प्रौढ भलिबल र बास्केटबल खेलमा प्रतिस्पर्धा हुने जनाइएको छ । अन्नपूर्ण पर्यटन महोत्सवसंगै सञ्चालित खेलकुद प्रतियोगिता र बेशीगाउमा अन्नपूर्ण युवा क्लवले निर्माण गरेको भवन तथा […]

खाेप्राबाट नारच्याङ आउदै गरेका चार पर्यटक विच बाटाेमा अलपत्र

बेनी, १७ (माघ) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा अंकीत शाह समेत चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र परेका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र ३ जना काठमाण्डौका बासीन्दा रहेको […]

नमुना पशु फार्म स्थापनाका लागि म्याग्दी र मुस्ताङका ४५ फार्म छनौंट

विकल्प न्यूज/बेनी माघ १५ गते ।   भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षका लागि म्याग्दी र मुस्ताङमा नमुना मोडल पशु फार्म स्थापनाका लागि ४५ वटा फार्मलाई छनौंट गरेको छ । पशुपंछी तथा मत्स्य विकासको नमुना मोडल फार्म सञ्चालन सम्बन्धी निर्देशिका अनुसार गठित मूल्याङ्कन समितिले उक्त फार्महरु छनौट गरेको हो ।  म्याग्दी र मुस्ताङका […]

चीनमा कोरोनासँग जुध्न एक हप्तामै हजार शैयाको अस्पताल !

काठमाडौं ।   आफ्ना सयभन्दा बढी नागरिकको ज्यान लिइसकेको कोरोना भाइरसको नियन्त्रणका लागि जारी पहललाई चीनले तीव्रता दिएको छ । विशेषतः सङ्क्रमण सुरु भएको वुहानमा उसले ध्यान केन्द्रित गरेको छ । यस क्रममा अन्तर्राष्ट्रिय सञ्चार माध्ययमा एउटा भिडियो सार्वजनिक भएको छ, जहाँ वुहानमा कोरोना भाइरस सङ्क्रमितका लागि एक अस्पताल बनाउँदै गरेको देखिन्छ । निर्माण सुरु […]

धरौटीमा छुटिन् आस्था राउत

१४ माघ, काठमाडौं । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृृष्णबहादुर कटवालले धरौटीमा छाड्ने आदेश भएको  बताए । राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सरकारी वकिलले ७ दिनको समय प्रशासनसँग […]

आस्था राउतलाई आजै रिहा गर्न नेकपा नेताहरुको दबाव

१४ माघ, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । नेकपाका नेता तथा सांसदहरुले आस्थालाई प्रक्रिया पूरा गरेर मंगलबार नै रिहा गर्न दबावसमेत दिएका छन् । नेकपाका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत आस्था राउतमाथि प्रहरीले अनावश्यक ज्यादती गरेको बताएका छन् । उनीहरुले सरकारलाई बदनाम गराउने […]

सभामुख सापकोटा भन्छन् : एमसिसीमा हतारो छैन

माघ १३, २०७६ काठमाडौं : नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विषयलाई लिएर अहिले हतार गर्नु नपर्ने बताएका छन्।  सोमबार प्रतिनिधिसभाको सभामुख पदको पदभार ग्रहण गर्दै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमसिसीको विषयमा हतार गर्नु नपर्ने बताएका हुन्।  एमसिसीको विषयले यतिबेला सत्ताधारी दलका नेताहरू नै विभाजित भइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र ओली निकटका […]

नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण

१३ माघ, काठमाडौं । नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । योसंगै […]

हेर्नुहोस् परिश्रमी नरबहादुर थापाको बाख्रापालन व्यवसाय (भिडियो)

विकल्प न्यूज/बेनी माघ १३ गते । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले बोयर जातको बाख्रापालन गर्नुभएको छ । निसान बोयर बाख्रा फार्म दर्ता गरी थापाले व्यवस्थित रुपमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । ३९ वर्षीय थापा इराकमा पाँचवर्ष विताई नेपाल फर्किएर बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । पहिला खरिजातका बाख्रा पाल्नुभएका थापाले दुइवर्ष अगाडिबाट […]

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

१३ माघ, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘जिल्ला […]

म्याग्दीको पश्चिम भेगका ७ स्थानमा पक्की पुल बन्दै

ठाकुरप्रसाद आचार्य/बेनी माघ १३ गते । जिल्लाको पश्चिम भेगका वस्तीहरुलाई जोड्ने गरी धमाधम पक्की पुलहरु निर्माण हुनथालेका छन् । संघिय र प्रदेश सरकारले गरी म्याग्दीखोला भेगका ७ स्थानमा मोटरेबल पुल बन्न थालेका हुन । केही वर्ष भित्र ति स्थानहरुमा पक्की पुल निर्माण भई वस्तीहरु सडक सञ्जालसँग सिधा जोडीने छन् । संघीय सरकार अन्तर्गत रहेको सडक […]

मानबमुत्रको प्रयोगले अर्मनमा बढ्यो सुन्तलाको उत्पादन

अमित विश्वकर्मा/बेनी माघ १२ गते । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका हुन । अर्मनमा करिब ५० […]

म्याग्दी जेसीजको अध्यक्षमा सुजन बरुवाल निर्वाचित

विकल्प न्यूज/बेनी माघ ११ गते ।  म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष बेनीका सुजन बरुवाल निर्वाचित हुनुभएको छ । अध्यक्ष चयनका लागि शनिबार जेसिज सचिवालयमा भएको मतदानमा बरुवालले ४१  मत प्राप्त गरी बिजयी भएको निर्वाचन समितिका आयुक्त कमल विश्वकर्माले जानकारी दिनुभयो । बरुवालका प्रतिस्पर्धी शैलेश श्रेष्ठले १३ मत प्राप्त गर्नुभएको छ । एक मत बदर भएकाे […]