नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण

१३ माघ, काठमाडौं ।

नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ

यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ ।

चीनबाट नेपाल आइपुगेका २८ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको अस्पताल स्रोतको भनाइ छ ।

हङकङ पठाइएको रगतको नमुना परीक्षणबाट उनमा भाइरस संक्रमण पुष्टि भएको हो ।

ती युवकसँगै अस्पताल भर्ना भएकी ४८ वर्षकी महिलामा भने भाइरस संक्रमण नभएको पुष्टि भएको अस्पतालको भनाइ छ ।

टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनको बाटो हुँदै नेपाल फर्किएका थिए । ती महिला चीनमा आयोजित एक कार्यक्रमबाट फर्केकी थिइन् भने पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए । online khabar