म्याग्दी जेसिजको पदस्थापना

विकल्प न्यूज/बेनी
माघ १९ गते । म्याग्दी जेसिजको २१ औं शाखा अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको शनिबार पदस्थापना गरिएको छ । पहिलो पटक निर्वाचन मार्फत चयन भएका अध्यक्ष सुजन बरुवाल सहित जेसिज पदाधिकारीहरुको बेनीमा एक कार्यक्रमको आयोजना गरेर पुरानो समितिले नयाँ निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो ।

जेसिजको कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, हरि भण्डारी, कानुनी सल्लाकारमा विरेन्द्र श्रेष्ठ, महासचिवमा सुमन बानियाँ, कोषाध्यक्षमा निर्मल खत्री सह–सचिवमा नेत्रराज सुवेदी, सह–कोषाध्यक्षमा कृष्ण विश्वकर्मा, शाखा सम्पादकमा विष्मा श्रेष्ठ, थिम डिरेष्कटरमा श्याम सुन्दर कँडेल र तालिम संयोजकमा सुमन श्रेष्ठ मनोनित गर्दै पदभार ग्रहण गरेका हुन ।

उपाध्यक्षहरुमा सुनिता श्रेष्ठ, कुमार बानियाँ, इन्द्रबहादुर विश्वकर्मा र दिनेशकुमार विश्वकर्मा हुनुभएको थियो ।
सन २०१९ का अध्यक्ष खमबहादुर थापामगरले सपथ ग्रहण गराउदै २०२० का अध्यक्ष बरुवालाई नेतृत्व हस्तान्तरण गर्नुभएको हो । थापाले जेसिजको विभिन्न पदमा रहेर काम गर्ने जेसिज सदस्यहरुलाई उतकृष्ट अवार्डहरु वितरण गरेका गर्नुभएको थियो ।

उत्कृष्ट कार्यक्रम संयोजक हरिभण्डारी उतकृष्ट साधार सदस्य दिनेशकुमार विश्वकर्मा र उतकृष्ट रुईसे अवार्ड सन्दिप खत्रीलाई दिदै सम्मान गरिएको थियो । अध्यक्ष थापाले बर्ष २०१९ मा भएका गतिविधिहरुको जानकारी गराउनुभएको थियो ।

पदभार हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै जेसिजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महोत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । जिल्लाको सामाजिक विकासमा जेसिज खेलेको भूमिका उदाहरणीय भएको बताउँदै उहाँले भ्रमण वर्ष २०२० लाई सफल पार्ने खालका कार्यक्रमहरु ल्याउन उहाँले सुझाव दिनुभयो । जेसिजको नीति सवै क्षेत्रका व्यक्तिहरुले व्यवहारमा कार्यान्वनय ल्याउनु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल, नेपाली काग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, निरुपित राष्ट्रिय उपाध्यक्ष मञ्जु शाह ठकुरी, म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ र नेपाल जेसिजका पुर्व अध्यक्ष धन्नजयकुमार श्रेष्ठ लगायतका पुर्व अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए ।

सन २०२० को नेतृत्व समाल्दै नवनिर्वाचित अध्यक्ष बरुवालले आफ्नो कार्यकालमा जेसिजको अभियानलाई जिल्लामा उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय तहहरु सँगको सहकार्यमा युवाहरुको नेतृत्व,व्यक्तित्व र क्षमता विकासका कार्यक्रमहरु ल्याउने उहाँले बताउनुभयो । भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि पर्यटन प्रवद्र्धन सँग सम्बन्धीत कार्यक्रमहरु जेसिजले अगाडि सार्ने उहाँको भनाई थियो ।