नारच्याङको माथिल्लो भेगमा अलपत्र परेका पर्यटकलाई हेलिकप्टरबाट सकुशल उद्धार गरियो

विकल्प न्यूज/बेनी
माघ १८ गते ।  म्याग्दीको पर्यटकीय स्थल खोप्राबाट नारच्याङ आउने क्रममा विचबाटोमा अलपत्र परेका नेपाली पर्यटकलाई शनिबार सिम्रीक एयरको हेलकप्टरबाट सकुशल उद्धार गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका नारच्याङको माथिल्लो भेग ¥यालेखर्क स्थित जंगलको खोचमा अलपत्र परेका पर्यटकहरु अंकित शाह,अभिशेष महतो सर्लाई, सन्जित लामा दोलखा र सुमन भट्ट धनगडीलाई दुई दिनको प्रयास पछि सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । उनीहरुलाई अहिले अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा ल्ःयाइएको छ ।  उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएको प्रजिअ ढकालले जानकारी दिनुभयो । अल्पत्र परेका पर्यटकहरुको खोजीमा शुक्रवार दिनभर प्रजिअ सहित प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर,शसस्त्र प्रहरी र स्थानीयवासीहरु जुटेका थिए ।