राष्ट्रिय समाचार

लोकदोहोरी प्रतिष्ठान म्याग्दीद्वारा खत्रीलाई १८ हजार सहयोग

अमित बिश्वकर्मा/विकल्प न्यूज फागुन २९ गते । राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनपा ५ पुलाचौर निबासी इश्वरी खत्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठान नेपालको १९ औँ स्थापना दिबसको अबसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगद रु १८ हजार ५ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको हो । बेनीको क्याम्पस चोकमा आयाजित […]

पोखराको आकाशमा ‘हट एयर बेलुन’

जमुना वर्षा शर्मा /पोखरा फागुन २९ गते । पोखरा साहसिक खेल पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो । पोखरामा प्याराग्लाइडिङ, जिपफ्लायर, बञ्जिजम्प, अल्ट्रालाइट, स्काइ डाइभ र हट एयर बेलुन सञ्चालनमा रहेका छन् । हट […]

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता प्रयास गर्दै सरकार

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारी वार्ता टोलीले वार्ता प्रयास गरिरहेको छ। सरकारले खटाएको वार्ता टोली र प्रतिबन्धित पार्टीका प्रतिनिधिबीच केही महिनायता नै तीनपटक अनौपचारिक कुराकानी भइसकेको छ।  प्रतिबन्धित पार्टीसँग वार्ता गर्न एक वर्षअघि सरकारले पूर्वमन्त्री एवम्‌ नेकपा सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो। तर प्रतिबन्धित पार्टीले सरकारद्वारा […]

संसद् र स्कुल तत्काल बन्द गर्न कांग्रेस सांसदकाे माग

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद बैठक केही समयका लागि रोक्न माग गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसदहरुले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिम न्युनीकरणका लागि संसद बैठक रोक्न माग गरेका हुन्। कांग्रेस सांसद तथा पूर्वमन्त्री भीमसेन दास प्रधानले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई प्यान्डेमिक भनेर घोषणा गरिसकेको […]

चैत १ गते बाट पोखरा–बागलुङ सडक दैनिक ३ घण्टा बन्द

विकल्प न्यूज/बेनी फागुन २९ गते । निर्माणधिन मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा आगमी चैत १ गते बाट दैनिक ३ घण्टा यातायात बन्द हुने भएको छ । सडक फराकिलो र स्तरउन्नतीका लागि सहज बनाउन यातायात बन्द गर्नुपरेको हो । लोकमार्गको पर्वत खण्डमा पर्ने कुस्मा बजारको खहरे फलामखानी देखि चुवाको चाइनाचोक सम्म दैनिक तिन घण्टा सडक बन्न गर्ने निर्णय […]

नेकपा गण्डकीको कार्यालय र सचिवालय गठन

विकल्प न्यूज/बेनी फागुन २९ गते ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कमिटीले कार्यालय र सचिवालय गठन गरेको छ । पोखरामा बुधवार सम्पन्न सचिवालयको पहिलो बैठकले ९ सदस्यीय कार्यालय र ६३ सदस्यीय सचिवालय गठन गरेको हो । सचिवालयमा ११ वटै जिल्लाका जिल्ला अध्यक्ष र सचिवलाई समेटीएको छ । यसैका साथै वरिष्ठताका आधारमा अन्य नेताहरुलाई पनि कार्यालय सदस्य र […]

विप्लवसँग वार्ताभन्दा पक्राउमा ध्यान

काठमाडौं,- सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्ष बिते पनि वार्तामा ल्याउन सकेको छैन । विप्लव नेकपाले गत वर्षको फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा आक्रमण गरेपछि २८ गते सरकारले उसलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । त्यसपछि सरकारले विप्लवसँग वार्ताको सट्टा उनका नेता–कार्यकर्ता पक्राउ गरी जेलमा कोच्ने नीति लियो । […]

अब विद्यालयको जग्गा भाडामा दिन नपाइने

काठमाडौं, २८ फागुन ।  राजनीतिक शक्तिको आडमा विद्यालयका नाममा रहेको जग्गा विभिन्न निकायले लिजमा लिएर वर्षौसम्म ब्यापार गर्न थालेपछि सरकारले कानुन बनाएरै भाडामा नदिने ब्यवस्था गर्न लागेको हो । राष्ट्रिय शिक्षा ऐन २०७६ मस्यौदाको दफा ३२ मा सार्वजनिक विद्यालयको सम्पत्तिमा कसैको हक नलाग्ने व्यवस्था गर्न लागेको हो । हाल राजधानी लगायत मुलुकभर सञ्चालित अधिकांश ठुला […]

सन्दर्भ नारी दिवस ः नारी अभिशाप हैनन् वरदान हुन

शान्ति बस्नेत / विकल्प न्यूज फागुन २५ गते । जहाँ असमान्ताका ज्वालाहरु दनदन दन्किन थाल्छन त्यहाँ त्यसै गरी समान्ताका निम्ति आफ्नो ज्यानको बाजी नै लगाएर ज्वलालाई निभाउन कुनै पनि कसरत राखिदैनन् । जव समानताका नारा र कार्यमा समानताहरु जगमगाउछन त्यहाँ हरेक कुराहरुको पूर्ण रुपमा सफलताको जग बस्न थाल्छ । सन १९०६ मा सम्पन्न महिलाहरुको प्रथम […]

साढे ५५ हजार मानिस कोरोनाको उपचारपछि घर फर्किए

काठमाडौं : इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेको छ। हिजो मात्रै थप ४१ जनाको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। सबैभन्दा बढी प्रभावित कोडोग्नो सहरमा ठूलो संख्यामा मानिसहरु संक्रमित रहेको बताइएको छ। सहरका झण्डै ५० हजार मानिस क्वारेन्टाईनमा छन्। इटलीमा जम्मा ३ हजार ८ सय ५८ संक्रमित भेटिएका छन् भने मृत्यु […]

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं  २२ फागुन,  । बुधबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्री ओलीको अवस्थाबारे बुझ्न अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिकित्सकहरूलाई उद्धृत गर्दै अवस्था सुधार हुँदै गएको बताए । उपप्रधान मन्त्री पोखरेलका अनुसार, ओलीलाई बिहीबार बिहान चिया खुवाइएको जानकारी चिकित्सकले गराएका छन् […]

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । उपचारमा […]

भित्र प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण, बाहिर शुभेच्छुकको भीड

फागुन २१, २०७६ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीमा मिर्गौला प्रत्यारोपण शुरू भएको छ। यसअघि नै चिकित्कहरुले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्न लागेकी भाञ्जी समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया शुरू गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रहेका प्रधानमन्त्री ओलीलाई अहिले अस्पतालको शल्यक्रिया विभागमा लगिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रा‍.डा‍. प्रेमराज ज्ञवाली नेतृत्वको […]

स्नातक गर्ने छोरीलाई एक लाख, छोरी जन्माउने आमालाई १० हजार रुपैयाँ !

काठमाडौं फागुन २१, २०७६ अब स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई गाउँपालिकाले पुरस्कारस्वरूप एक लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँले बताए । उनले छोरी जन्माउने आमालाई १० हजार रुपियाँ नगद र एक किलोग्राम घिउ पौष्टिक आहारसमेत गाउँपालिकाबाट दिने व्यवस्था मिलाइएको बताए । गाउँपालिकाको पुरस्कार घोषणाको निर्णयप्रति शिक्षाक्षेत्रमा लागेकाहरूले समेत प्रशंसा गरेका छन् […]

आगामी चैत ५ गतेसम्म वार्षिक परीक्षा सक्न निर्देशन

फाल्गुण विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा सक्नेगरी सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको छ । सो निर्णयबमोजिम गर्ने […]