शान्ति बस्नेत / विकल्प न्यूज
फागुन २५ गते ।
जहाँ असमान्ताका ज्वालाहरु दनदन दन्किन थाल्छन त्यहाँ त्यसै गरी समान्ताका निम्ति आफ्नो ज्यानको बाजी नै लगाएर ज्वलालाई निभाउन कुनै पनि कसरत राखिदैनन् ।
जव समानताका नारा र कार्यमा समानताहरु जगमगाउछन त्यहाँ हरेक कुराहरुको पूर्ण रुपमा सफलताको जग बस्न थाल्छ । सन १९०६ मा सम्पन्न महिलाहरुको प्रथम अन्तर्राष्ट्रिय भेलाबाट कलारा जेटिकन सेक्रेटरी भएकी थिएन । उक्त क्रममा नै १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरुले समान अधिकारको माग लिएर महिलाहरुले विशाल रुपमा हड्ताल साथै जुलुसको प्रदर्शन गरे ।
हरेक नारीहरुको अधिकार देखि लिएर विभिन्न शक्तिसाली कार्यहरुको निर्णयहरु लिनका निम्ति सबै नारीहरुले आ(आफ्नो स्थानबाट त्यतैकै महत्वपूर्ण भूमिका रहेको छ । यस्तै महत्वपूर्ण कार्यहरुले श्रृङ्खलावद्ध आन्दोलनको फलस्वरुप महिला हक अधिकार प्राप्तिको माग गर्दै प्रारम्भ भएको आन्दोलनको स्मरण तथा महिला अधिकारको ऐतिहासिक दिनका स्मरणमा ८ मार्चलाई अतन्तै महत्वपूर्ण दिनका रुपमा मान्ने गरिएको छ ।
हरेक पद हरेक कदमहरुलाई एकदमै साहसिक रुपमा विद्रोहका विगुलले अधिकार प्राप्तिका निम्ति सन १९१० मा कोपेनहेगेनमा महिलाहरुको द्वीतीय अन्तर्राष्ट्रिय सभा जर्मनीकी नेतृ क्लारा जेटिकनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको रुपमा मनाउने प्रस्ताव राखेकी थिइन र त्यो उनको प्रस्ताव पारित भयो सन् १९११ देखि विश्वभरिका महिलाहरुले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवशको रुपमा मनाउन थालेका हुन ।
नेपालमा मार्च ८ लाई पहिलोपटक वि।स। २०१७ सालमा धनकुटाका केही शिक्षिकाले “आईमाई” दिवसका रुपमा मनाएको पाईन्छ र २०४६ को अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने वेला दुई दर्जनभन्दा बढी योद्धाहरुले सहादत प्राप्त गरिसकेका थिए । यस्तै क्रममा २०४७ मा सरकारी निकायबाट यसलाई “महिला दिवस” भन्न थालिएको हो ।
यसै क्रममा २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि २०५९ र २०६० मा आयोगकै तर्फबाट श्रमिक महिला दिवस” को रुपमा मनाउन थालिएको छ । धेरै वर्ष लामो इतिहास बोकेको र रचिएको छ । महिलाहरु विगत देखि वर्तमान अवस्थासम्म पनि विभिन्न कालखण्डमा आउँदा पनि संघर्षशील जीवनहरु विताइ रहेकाछन ।
छोरा र छोरी बीचको कोषौ दुरीको न्तर्मा पनि महिलाहरु हरेक कुराहरुको अन्याय र अभावसंग डटेर सामना गरि आज सडक देखि सदनसम्म बस्न सक्ने सासिक यात्रा तयार गरेका छौं महिला भएकै कारण विभिन्न कम्जोरी देखाई विभिन्न कार्यहरुमा संलग्न हुन नदिने नियतलाई पर्दाफास गरी अहिले महिला भुलो चौका घासँपात मेलापात देखि लिइएर न्यायलयको ढोका र सदनसम्म आफ्ना गहकिला भनाईहरु राख्न सक्ने योग्य, दक्ष र प्रभावशाली मानसिकता भएकी सक्षम महिला बनी देश बनाउने, देश हाक्ने कार्यमा आफ्नो अधिकार लेख्ने स्थानसम्म पुग्न सक्षम भएकी छ । यो सबै कार्यको श्रेय लामो समयदेखि संघर्ष गरेर परिवर्तनका निम्ति आफ्नो ज्यालाई आहूति दिने प्रति सदा नमन गर्दछु । नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भए ।
तर पनि महिलाहरुप्रतिको दृष्टिकोण, उत्पीडन भयावह अवस्थामै रहेको छ । जुन स्थानमा परिवर्तन भएको छ त्यो अनुरुप महिलाप्रति सरकार र सरोकार पक्षहरुको ध्यान जान सकेको छैन हरेक दिन महिलाहरु माथि जघन्य आपाराधिक घटनाहरु मौलाइ रहेकाछन यस्तो अपाराधिक घटना महिला माथि हुनु भनेको देश माथि नै गम्भिर प्रश्न हो ।
महिला र पुरुष बरावरी भनियता पनि महिला माथि हुने भेदभाव र असमानताका चरम उस्तै नै छन् । महिलाहरुले कम्तिमा पनि सुरक्षको प्रत्याभूति गर्न सक्ने वातावरण पाउनु पर्द्छ । नीतिगत रुपमा मात्रै हैन नैतिकता पनि चरम लापार्वाही छ, त्यसलाई सरकारी तवरबाट नै सुधार्नु पर्ने आवश्यकता हो । नारी दिवसलाई वर्षमा एक दिन मात्रै सम्झेर हुदैन हरेप पलपलमा सुधारात्मक कार्य गरेर नैतिक रुपमा समानता दिइएको खण्डमा नारी दिवसले सार्थकता पाउने छ ।