राष्ट्रिय समाचार

बर्दियाकाे क्‍वारेन्टाइनमा रहेका एक पुरुषकाे मृत्यु

जेठ १४, २०७७ बर्दिया : गुलरिया नगरपालिकास्थित बबई क्याम्पसमा रहेको क्‍वारेन्टाइनमा बसेका ५५ वर्षीय एक पुरुषको ज्यान गएको छ। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार ती पुरुषको हृदयघातका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतकको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले बताए। मृतक दुईदिन अघि अछाम जिल्लाबाट बर्दिया आएको बुझिएको छ। उनकाे स्वाब […]

बाग्लुङका काेराेना संक्रमितलाई धाैलागिरि अस्पताल ल्याईदै

गलुङ, १४ जेठ – बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको भएको छ। पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाको नमूना परिक्षणमा कोरोना संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभूवन मावि क्वारेन्टाइनमा रहेका दुइ जना र तमानखोला गाउँपालिकाको धनगौज्योती मावि क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना संक्रमण भएको गण्डकी स्वास्थय विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला […]

भारतबाट आएका बागलुङको बडिगाड र तमानका ६ जनामा कोरोना संक्रमण पुष्टी

बुधबार, जेष्ठ १४, २०७७ बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनालाई संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थय विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला स्रोतले जनाएको । यद्धपि प्रतिष्ठानका प्रबक्ताले भने पुष्टि गरेका छैनन् । […]

रुकुम घटना : वडाध्यक्ष र युवतीका बुबाआमासहित २० जनाविरुद्ध किटानी जाहेरी

काठमाडौं जेठ १४, २०७७ शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार […]

पाकिस्तानी जासूस भएको आशंकामा काश्मिरमा परेवा पक्राउ

विकल्प न्युज/ बेनी जेठ १४ गतेे । काश्मिरको कटुवा जिल्लास्थित गितादेवीको घरमा भेटिएको परेमा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको छ । २४ मेमा यो परेवा गिता देवीको घरमा पसेको थियो, त्यसयता यो परेवामाथि पाकिस्तानी जासूस हुनसक्ने आरोप लागेको थियो । यो परेवाको खुट्टामा रातो रंग पोतिएको छ र नम्बर अंकित एउटा रिङ पनि लगााइएको छ । […]

थप ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो

काठमाडौं- जेठ १३ गते ।  सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिएका हुन्। सुर्खेतमा १२ जना र स्याङ्जामा २ जनामा कोरोना देखिएको जानकारी यसअघि नै […]

लायन्सकाे साथ पाएपछि सडक मानवकाे मुहारमा खुसि ( फोटो / भिडियो)

विकल्प न्यूज/बेनी जेठ १३ गते । बेनी बजारमा बेवारिसे अवस्थामा रहेका पाँचजनालाई लायन्स क्लब अफ बेनी पिस सिटीको सहयोगले खाने र वस्ने व्यवस्था मिलाइएको छ । क्लबका पदाधिकारीहरु मंगलबार विहान उनीहरु बसेको स्थान खुल्ला मञ्च पुगेर उनीहरुलाई नुहाइदिनुका साथै सरसफाई गरेर नयाँ कपडा लगाइदिएका छन् । उनीहरु बस्ने स्थानमा नयाँ बेड विस्तारको व्यवस्था मिलाइएको छ […]

स्याङ्जामा २ जना कोरोना संक्रमण पुष्टि

१३ जेठ, पोखरा । स्याङ्जामा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतबाट चार दिन अघि आएका उनीहरु वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए । दुुई जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका सूचना अधिकारी ध्रुब गिरीले पुष्टि गरे। ‘कोरोना पुष्टि भएपछि उहाँहरुलाई स्याङजा वालिङको सामुदायिक आइसोलेनमा राखेका छौं,’ उनले भने । […]

‘होम आइसोलेसन’मा गर्भवतीको मृत्यु, कोरोना जाँच्‍न स्वाब लिइयो

जेठ १३, २०७७ काठमाडौं : सप्तरीको कञ्‍चनरुप नगरपालिकास्थित होम आइसोलेसनमा रहेकी एकजना गर्भवतीको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिका-१ की २४ वर्षीया गर्भवतीको मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार गर्भवतीलाई सोमबार रातिदेखि ज्वरो आएको थियो। ज्वरोसँगै उनको  श्‍वासप्रश्‍वासमा पनि समस्या देखिएको थियो। उनलाई १० दिनदेखि ज्वरो […]

संघीय संसदमा राखियो नयाँ नक्सासहितको लोगो

१३ जेठ, काठमाडौं । संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितको लोगो राखिएको हो । मन्त्रिपरिषदको ५ जेठको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो । सो नयाँ नक्सा ७ जेठमा भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक […]

बारामा २ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि

१३ जेठ, बारा । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा  कोरोना पुष्टि भएको हो । यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको […]

गुल्मीका थप २ जनामा कोरोना संक्रमण पुष्टि, एकजना जनप्रतिनिधि

जेठ १३, २०७७ गुल्मी : गुल्मीमा थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य  कार्यालय गुल्मीले जनाएको छ। दुई जनामध्ये एकजना जनप्रतिनिधि रहेको र एकजना  भारतबाट आई धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेको कार्यलयले जनाएको छ। उनीहरु ३६ र ३७ वर्षका रहेका छन् र […]

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनकाे पुर्णपाठ

१२ जेठ २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन […]

बेनीका बेवारिसेलाई लायन्स क्लवकाे निःशुल्क खाना

विकल्प न्युज/ बेनि जेठ १२ गते । बेनीका सडकमा अलपत्र र बेवारिसे अवस्थामा भेटिएकालाई सामाजिक तथा परोपकारी संस्था लायन्स क्लव अफ पिस सिटीले निःशुल्क खाना खुवाउने भएको छ । लकडाउनको समयमा अलपत्र परेकालाई उद्धार गरी खुल्लामञ्चस्थित टहरामा राखिएको अवस्थामा केहीदिन यता भोकभोकै रहेको अवस्थामा क्लवले सोमबार विहानदेखि खाना खुवाउन सुरू गरेको क्लवका संस्थापक अध्यक्ष राजेश […]

टिचिङमा पनि पिसिआर परीक्षण, एक ‘सिफ्ट’मा ९६ जनाको क्षमता

जेठ १२, २०७७ काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर परीक्षण ल्याब स्थापना गरिएको छ। शिक्षण अस्पतालमा आज पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन्।  नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याव सञ्चालन गर्न उनले […]