जेठ १२, २०७७ काठमाडौं :
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर परीक्षण ल्याब स्थापना गरिएको छ। शिक्षण अस्पतालमा आज पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन्। नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याव सञ्चालन गर्न उनले आग्रह गरिन्। अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने उनले बाताइन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाव परीक्षण गर्ने क्षमताको ल्याव स्थापना भएको बताए। अहिले पूरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उनले बताए। योसँगै देशभर पिसिआर परीक्षणका लागि १७ वटा ल्याबहरु सञ्चालनमा आएका छन्। संक्रमितको संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्नेछ। त्रिविसँग तीनवटा पीसीआर मेसिन रहेका छन्। त्रिविले देशभर रहेका आफ्ना भौतिक संरचनाहरु आवश्यक परे प्रयोग गर्न पनि तीनवटै तहका सरकारसँग आग्रह गरेको छ। thha khabar