ताजा समाचार:
Search

भारतबाट आएका बागलुङको बडिगाड र तमानका ६ जनामा कोरोना संक्रमण पुष्टी

बुधबार, जेष्ठ १४, २०७७

बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनालाई संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थय विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला स्रोतले जनाएको ।

यद्धपि प्रतिष्ठानका प्रबक्ताले भने पुष्टि गरेका छैनन् । बागलुङबाट बुधबार पठाईएका ९२ स्वाव मध्ये केहीको मात्रै रिपोट आएको र ६ जनामा कोरोनाको संक्रमण देखा परेको प्रयोगशाला स्रोतले जनाएको छ ।

६ जनामा कोरोना संक्रमण देखा परेपछि धौलागिरी अस्पतालले तयारी थालेको छ । ‘हामिलाई तयारी गर्नु भनेपछि तयारी थालेका छौं’ अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले भने ‘संख्याको बिषयमा जानकारी भएन ।’ बागलुङमा झण्डै ४ सय जना भारतबाट आएका क्वारेन्टाइनमा छन् उनीहरु मध्ये केहीको मात्रै कोरोना जाँच भएको छ ।