ताजा समाचार:
Search

पाकिस्तानी जासूस भएको आशंकामा काश्मिरमा परेवा पक्राउ

विकल्प न्युज/ बेनी

जेठ १४ गतेे ।

काश्मिरको कटुवा जिल्लास्थित गितादेवीको घरमा भेटिएको परेमा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको छ । २४ मेमा यो परेवा गिता देवीको घरमा पसेको थियो, त्यसयता यो परेवामाथि पाकिस्तानी जासूस हुनसक्ने आरोप लागेको थियो । यो परेवाको खुट्टामा रातो रंग पोतिएको छ र नम्बर अंकित एउटा रिङ पनि लगााइएको छ ।

‘हामीलाई थाहा छैन यो कहाँबाट आयो । स्थानीयले यसलाई हाम्रो बार नजिकैबाट कब्जामा लिएका हुन् ।

हामीले यसको खुट्टामा औँठी भेटेका छौँ, जहाँ नम्बर लेखिएको छ र अनुसन्धान जारी छ,’ कटुवा प्रहरीका सिनियर सुपेरिटेन्डेनट सैलेन्द्र कुमार मिश्रले  भने ।

प्रहरीले अनुसन्धान नसकिएसम्म यो परेवालाई हिरासतमा राख्ने जनाएको छ । भारत र पाकिस्तान हुँदै डुलेर जासूसी गरेको अभियोगमा परेवा पक्राउ परेको यो पहिलो होइन ।

२०१५ मा यसैगरी मन्वाल  गाउँमा परेवा भेटिएको थियो । त्यस चरामा पनि उर्दूमा केही सन्देश तथा नम्बर समेत लेखिएको स्ट्याम्प लगाइएको थियो ।

यद्यपी चराको एक्स र गर्दा केही शंकास्पद वस्तु भेटिएन । तर, प्रहरीले हिरासतमै राखेर यस चरालाई ‘शंकास्पद जासूस’ भन्यो ।

स्रोतः डेली मेल