राष्ट्रिय समाचार

एकै दिन थपिए ३२३ जना काेराेना संक्रमित, ३२०० नाघ्याे

विकल्प न्युज/ बेनी जेठ २४ गते । शनिबार  नेपालमा  ३२३ जना मा काेराेना पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेेस जानकारिका क्रममा जनाईएकाे छ । यश संगै संक्रमित काे संख्या  ३२०० नाघेकाे छ। देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। […]

आइतबारदेखि मालपाेत कार्यालय खुल्ने

विकल्प न्युज/ बेनी जेठ २४ गते ।   आइतबार (भोलि) देखि मालपोत कार्यालय खुल्ने भएको छ। कोरोनाभाइरस महामारीपछि भएको लकडाउनका कारण बन्द मालपोत कार्यालय दुई महिनाभन्दा लामो समयपछि खुल्न लागेका हुन्। ‘जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन […]

गण्डकी प्रदेशमा थपिए १७ जना कुल संख्या ७५ पुग्याे

विकल्प न्युज/ बेनि जेठ २४ गते । गण्डकी प्रदेशका  चार जिल्लामा १७ जना काेराेना संक्रमित थपिएका छन । पाेखरामा गरिएको परिक्षणमा स्याङ्जा मा १०,बागलुङ १,कास्किमा ३,नवलपुर मा ३ जनामा  काेराेना भाईरस संक्रमित पुुुुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मार्फत जनाएकाे छ । याे संगै संक्रमित काे संख्या ७५ पुगेकाे छ । उनिहरू सबैलाई जिल्ला स्थित अाईसाेलेशनमा लैजाने […]

जुम्लामा क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु

२३ जेठ, काठमाडौं । जुम्लामा क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको वडाध्यक्ष नरजित दमाईले अनलाइनखबरलाई जानकारी दिए । वडाध्यक्ष नरजितका अनुसार उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका थिए । बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ […]

सुर्खेतमा कोरोना संक्रमणबाट युवकको मृत्यु : आरडीटीले दुई पटक झुक्यायो

२३ जेठ, काठमाडौं । रोजगारीका लागि भारत पुगेका सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवक ७ जेठमा स्वदेश फर्किए । सुर्खेत प्रवेश गर्ने विन्दु बबईमा र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि स्थानीय तहको क्वारेन्टिनमा पठाइयो । विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी विधिबाट टेष्ट गर्दा फेरि रिपोर्ट […]

विदेशबाट नेपालीको उद्दार कार्य सुरु, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे

२३ जेठ, काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले  बताए । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस […]

स्वास्थ्य मन्त्रालयको टेस्टिङ गाइडलाइन : क्वारेन्टिन बसेका सबैको पीसीआर परीक्षण नगरिने

२३ जेठ, काठमाडौं ।   स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले कोभिड-१९ टेस्टिङ नयाँ गाइडलाइन तयार गरेको छ। क्वारेन्टिनमा बस्नेको सङ्ख्या अप्रत्याशित बढेको र प्रयोगशालामा धेरै नमुना होल्ड भएको कारण सरकारले नयाँ टेस्टिङ गाइडलाइन ल्याएको हो। नयाँ टेस्टिङ गाइडलाइनले तीन वटा प्राथमिकता समूह छुट्याएको छ। पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्याक्तिहरु र संक्रमितसँगको प्रत्यक्ष […]

सुर्खेतका मृतक युवामा कोरोना पुष्टि

वीरेन्द्रनगर जेठ २३ गते । क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो । बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले […]

अन्नपूर्णका ८ जना कृषकलाई उन्नतजातका बोका वितरण

अमित विश्वकर्मा/ बेनी जेठ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ ओटा वोयर जातको बोका वितरण गरेको छ । विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर पुनले आठ वटै वडाका एक एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो । आर्थिक वर्ष २०७६÷७७ को अनुदान कार्यक्रम अन्तर्गत रु ३ लाख ६० हजारको उन्नत जातको […]

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या २६ सय ३४

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ […]

कोरोना संक्रमणबाट पाल्पामा एकजनाको मृत्यु

२२ जेठ, काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित […]

दैलेखमा एकैदिन थपिए १०५ संक्रमित

जेठ २२, २०७७, कर्णाली प्रदेशमा बिहीबार कोरोनाभाइरसका एक सय छ जना नयाँ संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दैलेख जिल्लाका मात्रै एक सय ५ जना र मुगुका एक जना संक्रमित पुष्टि भएको हो। दैलेखको नारायण नगरपालिकाका ६४ जना, देवलकाँडाका १२ जना, स्रोतका ९ जना, मानटाकुराका ७ जना, साडुका २ जना, भगतीका […]

कोरोना रोकथामको अभियान सँगै विकास निर्माणलाई पनि निरन्तरता दिँदै बेनी नगरपालिका (भिडियो)

विकल्प न्यूज/बेनी जेठ २२ गते ।  म्याग्दीको बेनी नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गर्नुपर्ने कामहरुका साथै चालु आर्थिक वर्षमा विनियोजन गरेका योजनाहरुको कार्यान्यनलाई पनि तिव्रता दिएको छ । नगरका पछिल्ला गतिविधिका वारेमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी सँग गरिएको संक्षिप्त कुराकानी हेर्नुहोस भिडियोमा

रौतहटमा एकैदिन ६५ जना कोरोना संक्रमित थपिए

२२ जेठ, रौतहट । रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । यससँगै रौतहटमा कुल संक्रमितको संख्या ३८३ पुगेको छ । घिमिरेका अनुसार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र […]

विदेशमा रहेका नेपालीको भोलिदेखि उद्धार, बर्माबाट आउँदैछन् २६ जना

२२ जेठ,काठमाडौं । कोभिड-१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ। स्रोतका अनुसार बर्मामा कार्यरत नेपालीहरू पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने […]