ताजा समाचार:
Search

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या २६ सय ३४

२२ जेठ, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २६ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् ।

उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।

यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमित मध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका ७ जना छन् भने चन्द्रपुर माधवनरायण र फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकएक जना छन् । उनीहरु सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन् ।

यसैगरी बाँकेका ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु नेपालगञ्ज उपमहानगरपालिका र जानकी पाउँपालिकाका हुन् । र, १५ देखि ३५ वर्षका पुरुष छन् ।

कपिलवस्तुमा २९ संक्रमित थपिएका छन् । उनीहरुमध्ये १२ जना कृष्णनगरका १७ देखि ५२ वर्षका पुरुष हुन् । यस्तै यशोधराको ओडरी मावि र जनता चेतना माविको क्वारेन्टिनमा रहेका १२ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये एक २६ वर्षीया महिला छन् भने ११ जना २१ देखि ४८ वर्षका पुरुष हुन् ।

दाङमा १५ जना संक्रमित थपिएका छन् । घोराही उपमहानगर तथा राजपुर, वगलाचुली र बबई गाउँपालिकाका उनीहरुमध्ये एक २३ वर्षीया महिला हुन् भने अरु १६ देखि ३६ वर्षका पुरुष हुन् ।

सप्तरीका १३ जनामा संक्रमण पुष्टि भएको छ । राजविराज, हनुमानगर कंकालिनी, छिन्नमस्ता र शम्भुनाथ नगरपालिकाको क्वारेन्टिनमा रहेका उनीहरु १७ देखि ४८ वर्षका पुरुष हुन् ।

बारामा १२ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ७ जना आदर्श कटुवाल हुन् । संक्रमितमध्ये एक ३० वषर्ीया महिला हुन् भने अरु १३ देखि ३० वर्षका पुरुष छन् । यस्तै महानगढीमाई नगरपालिका, विश्रामपुर र सुवर्णपुर गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापामा ५ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये भद्रपुरका ३ जना २६ देखि ५६ वर्ष तथा कचनाकवलका २ जना १७ र २५ वर्षका पुरुष छन् ।

धनुषामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु जनकपुरका हुन् र संक्रमित मध्ये एक जना ३० वर्षीया महिला हुन् भने अरु ३३ देखि ३७ वर्ष उमेरका पुरुष छन् ।

महोत्तरीका भंगाह नगरपालिकाका ३ जनाको रिपोर्ट पनि पोजेटिभ आउको छ । उनीहरु १९ देखि ३६ वर्षका पुरुष हुन् । यस्तै सर्लाहीमा थप ३ जना संक्रमित भेटिएका छन् ।

डोटमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु डिपालय सिलगढी नगरपालिका र पूर्व चौकी गाउँपालिकाका हुन् । यस्तै खोटाङ हलेसीका ३ जनामा पनि संक्रमण देखिएको छ ।

मोरङको सुन्दर हरैंचाका २४ वर्षीय पुरुष, पर्सा पोखरियाकी १५ वर्षीया किशोरी, सिन्धुलीको कमलामाई नगरपालिकाका २३ वषर्ीय पुरुष तथा सुनसरी भोक्राहाको क्वारेन्टिनमा रहेका ताप्लेजुङका ३५ वषर्ीय पुरुष र मोरङका ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुगेको छ । उनीहरु मध्ये १० जनाको मृत्यु भएको छ भने २९० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । onlinekhabar