ताजा समाचार:
Search

स्वास्थ्य मन्त्रालयको टेस्टिङ गाइडलाइन : क्वारेन्टिन बसेका सबैको पीसीआर परीक्षण नगरिने

२३ जेठ, काठमाडौं ।

 

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले कोभिड-१९ टेस्टिङ नयाँ गाइडलाइन तयार गरेको छ। क्वारेन्टिनमा बस्नेको सङ्ख्या अप्रत्याशित बढेको र प्रयोगशालामा धेरै नमुना होल्ड भएको कारण सरकारले नयाँ टेस्टिङ गाइडलाइन ल्याएको हो। नयाँ टेस्टिङ गाइडलाइनले तीन वटा प्राथमिकता समूह छुट्याएको छ।

पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्याक्तिहरु र संक्रमितसँगको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु हुनेछन्। यो समूहमा परेका मानिसहरुको छिटो स्वाब संकलन गरी आरटी- पीसीआर विधिबाट परीक्षण गरिनेछ।

दोस्रो प्राथमिकतामा परेका समूहमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोग भएका बिरामीहरु र अस्पतालमा काम गर्ने एम्बुलेन्स चालक र अन्य स्टापहर रहनेछन् ।

त्यसैगरी तेस्रो प्राथमिकतामा लक्षण भएका तर माथिका प्राथमिकता समूहमा नपरेका व्याक्तिहरु पर्नेछन्। त्यसैगरी कुनै लक्षण, ट्राभल हिस्ट्री नभएको र आफै परीक्षण गराउन पुग्नेहरु टेस्टिङ प्राथमिकतामा पर्ने छैनन् ।

संक्रमण भए नभएको आरटी पीसीआर माध्यमबाट टेस्ट गरिनेछ भने समुदायमा मास स्क्रिनिङ गर्न र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिनेछ।online khabar