Breaking News
अन्नपूर्ण आधारशिविरमा दौड प्रतियोगिता (फोटोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी जेठ ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा दौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन शनिबार चारहजार एकसय ९० मिटर उचाईमा रहेको आधारशिविरमा दौड प्रतियोगिताको आयोजना गरेको हो । आधारशिविरको पर्यटकीय सम्भाव्यताको खोजी र स्वदेश तथा विदेशमा प्रचारप्रसार […]
अवरुद्ध बेनी–जोमसोम सडक खुलाउने प्रयास

विकल्प न्यूज/बेनी जेठ ७ गते । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक खण्ड शनिबार राति परेको अविरल वर्षाले अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठे भीर, अन्नपूर्ण गाउँपालिका–२ तातोपानी र भुरुङ खोलामा अवरुद्ध भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर एवम् […]
मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

जेठ ४ गते । अन्नपूर्ण । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी र पत्रकारहरुको […]
पुरा भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ३ गते । स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३ औं पटकको प्रयास पनि असफल भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदी स्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल चढ्ने कार्लोसको यसपालीको सपना पनि अधुरो भयो । सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न कार्लोस एकमहिना अघि […]
१७ वर्षपछि कालिगण्डकी गर्ज निर्माण प्रक्रिया सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । सर्वे भएको १७ वर्षपछि १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणको प्रक्रिया सुरु भएको छ । यो आयोजना म्याग्दीको अहिले सम्मको सवै भन्दा ठूलो आयोजना हुने छ । मुस्ताङ र म्याग्दी जिल्लामा आयोजनाको संरचना बनाउने गरी २०६३ सालमा कालिगण्डकी गर्जको सर्वे गरिएको थियो । ठूलो आयोजना भएकाले […]
धौलागिरिको शिखरमा पुगे आरोही

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । संसारको सातौं अग्लो धौलागिरि हिमालको शिखरमा आरोहीहरु पुग्न थालेका छन् । प्रतिकुल मौसमका कारण झण्डै एकमहिना आधारशिविरमा रोकिएका आरोहीहरु अनुकुल मौसमपछि धौलागिरिको चुचुरोमा पुग्न थालेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आइतबार नेपाली समय अनुसार विहान ७ बजेर ३० मिनेटमा […]
छोरी बेडमा,आमा उपचार खर्च अभावमा छटपटिदै

विकल्प न्यूज/बेनी जेठ १ गते । घाउले छियाछिया भएको शरीर यताउता चल्मलाउन खोजिरहन्छिन् । आँखाले सारा संसार नियाल्ने कोसिस पनि छ उनको । तर, म्याग्दीको मालिका गाउँपालिका ३ पात्ले घर भएकी २२ वर्षीया थमकुमारी रोका मगरको न शरीर चल्छ, न आँखाले खुल्ला संसार चियाउन सक्छिन् । सम्भवतः थमकुमारीलाई दायाबाट बाया र बायाबाट दाया तर्फ शरीर […]
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

विकल्प न्यूज/बेनी बैशाख ३१ गते । रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन्। विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेका हुन्। उमेरले ३० वर्ष पुगेका […]
म्याग्दीमा ट्राफिक सप्ताह कार्यक्रमबाट साढे २२ हजार सर्वसाधारण लाभान्वित

प्रताप बानियाँ/म्याग्दी । बैशाख ३१ गते । म्याग्दीमा ट्राफिक सप्ताह कार्यक्रमबाट साढे २२ हजार बढी सर्वसाधारण तथा नागरिकहरु लाभान्वित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको संयुक्त आयोजनामा यही बैशाखको २५ गतेदेखि आज (आइतबार)सम्म सञ्चालित ट्राफिक सचेतना कार्यक्रमबाट जिल्लामा कुल २२ हजार ५ सय ५८ जना सर्वसाधारणहरु लाभान्वित […]
गण्डकी प्रदेशमा प्रादेशीक सडक सञ्जालको गुरुयोजना बनाउन समिति गठन

विकल्प न्यूज/बेनी बैशाख ३० गते । गण्डकी प्रदेश सरकारले प्रादेशीक सडक सञ्जालको गुरुयोजना बनाउन समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) ले पदभार ग्रहण गर्दे उक्त समिति गठन गर्नुभएको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री पदमा नियुक्त गरेलगत्तै शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण सहित […]
धाइरिङको सडक अलपत्र पार्ने ठेकेदारका नाममा सार्वजनिक सूचना जारी

विकल्प न्यूज/जलजला बैशाख २८ गते । पर्वतकोे जलजला गाउँपालिका ७ मिलनचोक–सल्यान–ठोटनेरी सडक अलपत्र पर्ने ठेकेदारलाई पूर्वाधार विकास कार्यालय पर्वतले सार्वजनिक सूचना मार्फत स्पष्टिकरण साधेको छ । योजना सम्पन्न गर्न सम्झौता गरेको ठेकेदार हिमदुङ एण्ड ठोकर निर्माण सेवालाई कार्यालयले सार्वजनिक सूचना मार्फत स्पष्टिकरण मागेको हो । उक्त सडक गण्डकी प्रदेश सरकारले चारवर्ष अघि नमुना सडक कार्यक्रम […]
व्यवसायी बोगटी मृत्यु प्रकरण : छिमेकी पूर्पक्षका लागि जेल चलान

विकल्प न्युज/बेनी बैशाख २७ गते । मृतक बाेगटी बेनी नगरपालिका वडा नम्बर–१ थाङ्ने (आनन्दबगर) घर भएका ४० वर्षीय व्यवसायी कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकी/साथी एवं व्यावसायिक साझेदार किसान भनिने कृष्णबहादुर जिसी पूर्पक्षका लागि जेल चलान भएका छन् । कर्तव्य ज्यान कसुरसम्बन्धी मुद्दामा बुधबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेक बहसपछि न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशअनुसार जिसी […]
अनुकुल मौसमपछि आरोहीहरु धौलागिरिको चुचुरोतर्फ

ठाकुरप्रसाद आचार्य /म्याग्दी बैशाख २७ गते । संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि आधारशिविरमा रोकिएका आरोहीहरु मौसममा सुधार आएसँगै चुचुरोतर्फ लागेका छन् । अनुकुल मौसमको प्रतिक्षामा उनीहरु करिब ४ हजार सातसय मिटर उचाईमा रहेको आधारशिविरमा तिनहप्ता रोकिएका थिए । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका […]
स्थानीय सरकारले अपनत्व नलिँदा अन्नपूर्ण रिङरोड अलपत्र

विकल्प न्यूज/बेनी बैशाख २५ गते । स्थानीय सरकारले अपनत्व नलिँदा अन्नपूर्ण रिङरोड योजना अलपत्र परेको छ । तत्कालिन जिल्ला विकास समिति म्याग्दीले अघि सारेको उक्त योजना स्थानीय सरकारको वेवास्ताका कारण अलपत्र परेको हो । अन्नपूर्ण गाउँपालिकाका माथिल्लो वस्तीलाई सडक संजालसँग जोड्ने गरि परिकल्पना गरिएको रिङरोड अलपत्र परेको छ । संघीयता कार्यान्वनय सँगै स्थानीय तहको वेवास्ता […]
धाइरिङको मिलनचोकमा पदमार्ग निर्माण

विकल्प न्यूज/जलजला बैशाख २५ गते । म्याग्दीको बेनी सँगै जोडिएको पर्वतको जलजला गाउँपालिका ७ स्थित धाइरिङमा कालिगण्डकी घाटमा जाने पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत पर्यटन मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको १५ लाख रुपियाँले मिलनचोक देखि भेडाबारी शिवालय मन्दिर सम्म पदमार्ग निर्माण गरिएको हो । पदमार्ग निर्माण भएपछि दाहासंस्कारका लागि शव […]