स्थानीय सरकारले अपनत्व नलिँदा अन्नपूर्ण रिङरोड अलपत्र

विकल्प न्यूज/बेनी
बैशाख २५ गते ।


स्थानीय सरकारले अपनत्व नलिँदा अन्नपूर्ण रिङरोड योजना अलपत्र परेको छ । तत्कालिन जिल्ला विकास समिति म्याग्दीले अघि सारेको उक्त योजना स्थानीय सरकारको वेवास्ताका कारण अलपत्र परेको हो । अन्नपूर्ण गाउँपालिकाका माथिल्लो वस्तीलाई सडक संजालसँग जोड्ने गरि परिकल्पना गरिएको रिङरोड अलपत्र परेको छ । संघीयता कार्यान्वनय सँगै स्थानीय तहको वेवास्ता र बजेट अभावको कारण देखाउँदै उक्त सडक योजना पुरा नहुँदै बीच रोकिएको हो ।

पर्वतको जलजला गाउँपालिका ५ फलामे डाँडाबाट सुरु भई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका वस्तीहरु राम्चे,हिस्तान,शिख,नारच्याङ,कोप्चेपानी हुँदै मुस्ताङको घाँस जोड्ने गरी तत्कालिन जिल्ला विकास समितिले पन्ध्रवर्ष अघि उक्त सडक योजनाको परिकल्पना गरेको थियो ।

तत्कालिन जिल्ला विकास समिति म्याग्दीले तीन जिल्ला जोड्ने गरि थालेको उक्त सडक योजना स्थानीय तहले अपनत्व नलिँदा अलपत्र परेको छ । पर्वतको जलजला गाउँपालिका ५ फलामे डाँडा देखि सुरु भएर म्याग्दीका ग्रामिण भेग हुँदै मुस्ताङको घाँससम्म सडक सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ तत्कालिन समयमा उक्त सडकको परिकल्पना गरिएको संविधानसभा सदस्य गोविन्द पौडेलले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तहका जनप्रतिनिधिले उक्त सडक योजनालाई प्राथमिकतामा नपारेपछि अन्नपूर्ण रिङरोड परिकल्पना विचमै रोकिएको हो । फलामे डाँडा देखि हिस्तानको घराम्दी सम्म सडकको ट्रयाक खुलेको छ ।

घराम्दी देखि खिबाङ जोडनका  लागि भ¥याङको भीरमा पुगेको सडक ६ वर्ष देखि अलपत्र परेको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका वडाध्यक्ष मइलन पुर्जाले बताउनुभयो । उक्त भीरमा सडकको ट्रयाक खोल्ने बजेट स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा सडक अलपत्र परेको उहाँको भनाई छ । ठूलाे बजेट आवश्यक पर्ने हुँदा संघ र प्रदेश सरकार समक्ष माग गरिएको उहाँले बताउनुभयो ।

फलामे डाँडा देखि नागी,राम्चे हुँदै हिस्तानको घराम्दी सम्म सडकको ट्रयाक खुलेको छ । भीरमा डेढ किलोमिटर सडक ट्रयाक खोलेपछि वडा नम्बर ५ को खिबाङ गाउँमा सडक पुग्ने छ ।

कालिगण्डकी नदी आसपासका वस्तीहरु कालिगण्डकी कोरिडोरले जोड्ने र माथिल्लो ग्रामिण वस्तीहरुलाई अन्नपूर्ण रिङरोड सँग जोड्न उक्त सडक योजना उपयोगी हुने अन्नपूर्ण गाउँपालिका ६ घारका पूर्व वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । स्थानीय तहको साधनस्रोतले उक्त सडक योजना अगाडि बढाउन बजेट अभाव भएपछि विगतमा रोकिएको उहाँको भनाई छ ।

२०७४ मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारी कार्यक्रम अन्तर्गत ५० लाख रुपियाँले घराम्दी सम्म सडक पु¥याइएको उहाँको भनाई छ । उक्त अन्नपूर्ण रिङरोड पुरा भए माथिल्लो भेगमा उत्पादन भएका कृषि उपजको बजारीकरण गर्न सहज हुनुका साथै सर्वसाधारणहरुलाई आवतजावतमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

हरियाली डाँडा,हिमश्रृङ्खलाको दृश्य र परम्परागत ग्रामिण जिवनशैलीको अवलोकन गर्दै यात्रा गर्न सकिने उक्त सडक पुरा भएमा पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने देखिन्छ ।