ताजा समाचार:
Search

Breaking News

भूकम्प अपडेट : भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

१८ कात्तिक, काठमाडौं ।  शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले  बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए । प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति […]

सुन्दर र रमणीय छ जोमसोम–तिलिचो ट्रेक

ठाकुरप्रसाद आचार्य /बेनी कात्तिक १७ गते । मुस्ताङको जोमसोम हुँदै मनाङको तिलिचो ताल पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । दशैं लगत्तै मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटकहरु तिलिचो पुग्न थालेका छन् । जोमसोम–तिलिचो ट्रेक सुन्दर र रणमीय छ । जोमसोम–तिलिचो पदमार्ग हुँदै दुईदिनमै तिलिचो पुग्न सकिने भएकाले यतिखेर यो पदमार्गमा पर्यटकको चहलपहल बढेको हो । […]

घारखोलामा पुल निर्माणपछि पाउद्धारका दुई सय परिवारमा खुसीयाली

विकल्प न्यूज/बेनी कात्तिक १७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन थालेका जानकारी दिए […]

भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा

गलेश्वर (म्याग्दी), कात्तिक १६ गते । शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवती म्याग्दीका पर्यटकीयस्थलमा उक्लिएका छन् भने गाउँका विद्यार्थी, युवा […]

स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटन प्रवद्र्धन कार्यक्रम

म्याग्दी, १६ कात्तिक ।  प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित कार्यक्रमका सहभागी बक्ताले भकिम्ली पर्यटन र कृषिमा सम्भावना भएको क्षेत्र भएपनि प्रचारप्रसार र बजारीकरणको अभावले समस्या झल्नुपरेको बताएका थिए । महासंघ म्याग्दी शाखाले स्थानीय सरोकारवाला […]

भकिम्लीको बेलढुङ्गाबाट हिमालको लहर हेर्दा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / बेनी कात्तिक १५ गते । आँखै अगाडी चाँदी जस्तै टल्कीएका हिमालको लहर । वरीपरी रमणीय डाँडापाखा अनि सुन्दर ग्रामिण वस्ती । यो हो बेनी नगरपालिका ३ र बागलुङको काँठेखोला गाउँपालिका ३ को सीमा क्षेत्रमा पर्ने बेलङ्गा । मुसुङ गाउँ र ओखलेको धुरीमा बेलढुङ्गा पर्दछ । बेलढुङ्गा सुन्दर पर्यटकीय स्थल हो । यहाँबाट […]

धार्मिक पर्यटकीय स्थल गलेश्वरबाट होटल याकको सेवा सुरु

विकल्प न्यूज/बेनी कात्तिक १२ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ । बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा आफ्नै भवन लगायतका पूर्वाधार बनाएर गत हप्तादेखि सेवा शुरु गरेको हो । याक होटलका प्रबन्धक बासुदेव सुवेदीले निर्माणको अन्तिम चरणमा रहेको भवनका ४० वटा मध्य २६ वटा कोठा प्रयोगमा […]

लोकप्रिय हुँदै प्रकाश दुतराजको म्यूजिक भिडियो ‘‘रिमै’’

विकल्प न्यूज/बेनी कात्तिक १२ गते । युवा गायक प्रकाश दुतराज फेरी एकपटक चर्चामा आउनुभएको छ । हुनत दुतराजका सवै म्यूजिक भिडियोहरु लोकप्रिय हुन्छन् । दशैंको मुखमा सार्वजनिक भएको म्यूजिक भिडियो ‘‘रिमै’’ले दुतराजलाई फेरी सर्वत्र चर्चामा ल्याइदिएको छ । म्यूजिक भिडियोका गीतले टिकटक भरिएको छ । टिकटक खोल्दा वित्तिकै दुतराजकै गीतबाट बनाइएका टिकटक हेर्न पाइन्छ । […]

बेनी अस्पताल हाँकिरहेकी युवा डाक्टर अञ्जु थापा 

विकल्प न्यूज/बेनी कात्तिक ११ गते । डा. अञ्जु थापा म्याग्दीको बेनी अस्पतालकी निमित्त मेसु हुन् । स्वास्थ्य सेवाको नवौं तहकी सरकारी जागिरे उनी पेशाले स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुन् । आफू कार्यरत रहेको ठाउँमा केही नयाँ गर्ने हुटहुटी बोकेकी ३५ वर्षीया युवा चिकित्सक डा। अञ्जु आम मानिससम्म सहज रुपमा स्वास्थ्य सेवा पुर्‍याउन लागिरहेकी छिन् […]

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गा

कात्तिक १० गते ।  बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा […]

पदमार्गले जोडियो ताकमकोत

म्याग्दी, ९ कात्तिक ।   धवलागिरि गाउँपालिका–७ स्थित म्याग्दीको प्रमुुख शक्तिपीठ ताकमकोत पुुग्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको हो । पर्यटन तथा उद्योग कार्यालयमार्फत विनियोजन भएको रु दश लाख बजेटबाट देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माणलाई पूूर्णता दिइएको धवलागिरि गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले जानकारी दिए […]

जलजलाकाे कुवापानी बस्ती स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव

विकल्प न्युज / जलजला कार्तिक ९ गते । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठुलो नोक्सान पुर्‍याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको हो । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् […]

वडाध्यक्ष खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि

विकल्प न्युज/ बेनी कार्तिक ६ गते । म्याग्दी  धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी भएका छन। आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका ताकमका वडाध्यक्ष समेत रहेका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए। प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ जना युवाले […]

राखु भगवतीमा राँगो मार हान्न लाखौंको प्रतिस्पर्धा किन ?

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक ६ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती कोत मन्दिरमा बिजया दशमीको महानवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाख तीस हजार रुपियाँको बोलकबोल भएको छ । बडा दशैंको आठौं दिन कालरात्रीमा खुला बढीबढाउ गरी राँगोको मार हान्ने व्यक्तिको छिनोफानो गरिएको हो । एक घण्टाको समयसिमामा सुरु भएको बढीबढाउमा […]

इजरायलबाट भाग्यले बँचेका बेनी १० का वडाध्यक्ष मसबीर

म्याग्दी, कात्तिक ४ गते । इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु हुँदा घटनाबाट जोगिनु भएका म्याग्दीका मसबीर रोका बाँचेर नेपाल आउँदा पनि त्रास कायमै रहेको बताउनुभएको छ । माओवादी द्वन्द्व उत्कर्षमा पुगेको समयमा वैदेशिक रोजगारीको सिलसिलामा २०६० मा इराक जान प्रस्थान गरेको भए पनि २०६१ भदौमा इराक पुग्नुभयो । १२ जनाको हत्या भएको घटनाले […]