Breaking News

साउनको चौथो सोमबार बेनीको शिवालय मन्दिरमा भक्तजनहरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन २२ गते । साउनको चौथो सोमबार बेनी स्थित शिवालय मन्दिरमा भक्तजनहरुले पुजाआजा र दर्शन गरेका छन् । मनोकामना पुरा हुने विश्वासले सोमबार मन्दिरमा भक्तजनहरु पुगेका छन् । मन्दिरमा म्याग्दीका साथै पर्वत र बागलुङबाट पनि भक्तजनहरु आएको शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभयो । चारसय वर्ष पुरानो एतिहासिक शिवालय मन्दिर […]

घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल

 विकल्प न्यूज\बेनी साउन २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण गरेको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि उत्पादित विद्युत् आजदेखि केन्द्रीय प्रसारण लाइनमा आबद्ध गराइएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले सबै परीक्षण सफल भएपछि घारखोलाको विद्युत् दाना […]

सुन्दरताको खानी खोप्रालेक (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारको शिरमा रहेको खोप्राडाँडाको सुन्दरता । बर्षा ऋतुमा पाखा हरियाली र विभिन्न फूलहरु फूलेर खोप्राको पाखा ढकमक्क देखिएको छ । समुन्द्र सतह देखि तिनहजार ६ सय साठी मिटरमा उचाईमा खोप्रा डाँडा रहेको छ । यहाँदेखि ७ घण्टाको पैदल यात्रापछि खयरलेक पुग्न सकिन्छ । यहाँ सुन्दर […]

म्याग्दीमा साढे १६ किलोमिटर सडक कालोपत्र

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १९ गते । म्याग्दीमा एक वर्षको अवधिमा साढे १६ किलोमिटर ग्रामिण सडक कालोपत्र भएको छ । गत आर्थिक वर्ष २०७९ \८० मा पूर्वाधार विकास कार्यालय,स्थानीय तह र सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीले गरेर जिल्लाभर १६ क्रिलोमिटर पाँचसय ३० मिटर सडक कालोपत्र गरिएको हो । सडक कालोपत्र भएपछि दुर्घटनाको […]

गलेश्वरमा थपिँदै ठूला होटल

विकल्प न्यूज\बेनी साउन १८ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर धाममा पर्यटक आगमन बढेसँगै नयाँ होटल खुल्ने क्रम बढेको छ । कालिगण्डकी करिडोरमा पर्ने गलेश्वर शिवालय पछिल्लो समय धार्मिक पर्यटनको गतिलो गन्तव्यका रुपमा विकास हुँदै जान थालेको छ । मुस्ताङको प्रवेशद्धारका रुपमा समेत परिचित गलेश्वर धाम दर्शनका लागि पछिल्ला केही […]

कृष्णप्रसादको रहर लाग्दो भैंसीपालन (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १८ गते । बेनी नगरपालिका ७ टुनीखर्क स्थित भैंसी गोठमा पुग्दा ४२ वर्षीय कृष्णप्रसाद शर्मा दुध दुहुदै हुनुहुन्थ्यो । दुध बजारमा पु¥याउन शर्मालाई हतारो थियो । गोठ दुहुना भैंसीले भरिएको छ । सवै भैंसी मोटा र रिष्ठपुस्ट देखिन्थे । कृष्णप्रसादको परिवार र कामदार सवैजना भैंसी र गाईलाई दानापानी दिन व्यस्त देखिन्थे । […]

मृतकको भत्ता वडा सचिवको खल्तीमा

विकल्प न्यूज/बेनी साउन १८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१ की वडासचिव सरस्वती आचार्यले मृतक लगायत पाँचजनाको सुरक्षा भत्तामा अनियमितता गरेको खुलासा भएको छ। वडासचिव आचार्यले लाभग्राहीको बैंक चेकमा आफैंले हस्ताक्षर र औँठाछाप लगाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता र हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। गाउँपालिकाका […]

अर्मनको शिरमा सुन्दर पर्यटकीय गन्तव्य चाङ्गा (फोटोफिचर)

प्रताप बानियाँ / बेनी साउन १६ गते । यतिबेला जताततै हरियाली छाएको छ । डाँडाकाँडाहरु पनि निकै हरियाली देखिएका छन् । खोलानाला समेत सुस्साउन थालेका छन् । ग्रीष्म ऋतुको समय गर्मी हपक्कै बढेको छ । विगतको तुलनामा यसवर्ष गर्मी अत्यधिक महसुस भैरहेको छ । वर्षायामको मौसम छिनछिनमा बदलिन्छ । मौसमले एकैछिनमा अनेक रुप फेरिदिन्छ । […]

म्याग्दीमा बढ्दै डेंगु र स्क्रब टाइफस

साउन १६ गते ।    म्याग्दीमा पछिल्ला वर्षहरूमा डेंगु तथा स्क्रब टाइफसको बिरामीको सङ्ख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्दा परजीवीको टोकाइबाट लाग्ने रोगका बिरामीको सङ्ख्या बढेको हो । सन् २०१९ देखि २०२३ सम्मको अवधिमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बिरामी ३१७ पुगेका छन् भने मुसामा हुने किर्नाको टोकाइबाट लाग्ने स्क्रब टाइफसका बिरामीको […]

कालीगण्डकीमा जिप फालेर फरार चालक काठमाडौंमा पक्राउ

विकल्प न्यूज\बेनी साउन १५ गते । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको महभीर–भीरकाटे खण्डबाट साउन १० गते कालीगण्डकीमा जिप खसेपछि फरार भएका चालक काठमाडौंमा भेटिएका छन् । ग २ च १०३१ नम्बरको बोलेरो जिप भीरबाट खसालेपछि बेपत्ता मालिका गाउँपालिका, ५ देवीस्थानका चालक कम्लेस परियार आइतबार काठमाडौंमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले पुष्टी गरेको छ । सदरमुकाम […]

प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी

बेनी,  साउन ११ गते ।  म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो । शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइका लागि गरेको तरकारी खेती व्यावसायिक नै […]

कुवापानीको पहिरोले जलजलाका पाँच बस्ती जोखिममा

विकल्प न्यूज/बेनी साउन ९ गते । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-५ कुवापानीको पहिरोले ५ वटा बस्ती जोखिममा परेको छ । पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सयौं रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवार विस्थापित भएका छन् । ती बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेका […]

बाख्रा चराउँदै माओवादीका पूर्वकमाण्डर गमबहादुर श्रीसमगर

ठाकुरप्रसाद आचार्य  म्याग्दी (बेनी), साउन ९ गते ।   गमबहादुर श्रीसमगर एक दशकअघिसम्म तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धका कमान्डरका रूपमा परिचित हुनुहुन्थ्यो। पार्टीको पूर्णकालीन कार्यकर्ता भएर उहाँ सेना र प्रहरीसँगको धेरै लडाइँमा सहभागी हुनुभयो। द्वन्द्व सकिएपछि मगरलाई म्याग्दीवासीले आगामी नेताका रूपमा लिने गर्थे तर अहिले उहाँको परिचय फेरिएको छ। उहाँ अहिले जिल्लामै […]

बेनी सामुदायिकका विद्यार्थीलाई बस सेवा

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ६ गते । म्याग्दीको सदरमुकाम स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीको सुविधा लागि बस सेवा संचालन गरेको छ । जिल्लाका सामुदायिक विद्यालयहरु मध्य बस सेवा संचालन गर्ने बेनी सामुदायिक पहिलो बनेको हो । बस सेवा संचालन हुनेभएपछि विद्यार्थीहरु खुसी भएका छन् । गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र […]

छ वर्षमा पनि पूरा भएन बेनी अस्पताल भवन

म्याग्दी, साउन ६ गते ।    बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले छ वर्षमा पनि  पूर्णता पाउन सकेको छैन ।  चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । “पचारस शय्या क्षमता भए पनि […]