ताजा समाचार:
Search

Breaking News

क्षयरोगको न्यूनिकरणका लागि समुदायस्तरमा जनचेतना आवश्यक

विकल्प न्यूज\बेनी चैत ११ गते । म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गतबर्षका ६३ र नयाँ २४ बिरामी गरी […]

सन्दर्भ : विश्व क्षयरोग दिवस, ४५ प्रतिशत बिरामी उपचारबाहिर

काठमाडौँ, चैत ११ गते ।    नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय […]

गलेश्वर पौराणिक स्थलबाट धार्मिक पर्यटकीय स्थलमा परिणत

गलेश्वर (म्याग्दी), चैत ९ गते । पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर पौराणिक स्थलबाट प्रमुख धार्मिक पर्यटकीय स्थलमा परिणत भएको छ । नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर धाममा पछिल्लो समय तीर्थयात्रीका साथै आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या […]

घोडेपानी क्षेत्रको लालीगुराँसमा रमाउँदै पर्यटक(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रका डाडाँपाखाहरु यतिखेर ढकमक्क फुलेको लालीगुराँसले छोपिन थालेका छन् । लालीगुराँसले डाडाँपाखाहरु रमणीय देखिन थालेपछि आन्तरिक एवम् वाह्य पर्यटकहरुको घोडेपानीमा चहलपहल बढेको छ ।नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन् । बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले पुनहिल क्षेत्र […]

बेनीमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईयो

विकल्प न्यूज/बेनी चैत ८ गते ।   संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले बेनीमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरि ५९ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाएको छ । विहिबार जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य दमयन्ति रुचाल (रितु) ले उद्घाटन गर्नुभयो । उहाँले दलितको हक र अधिकारका निम्ती छुट्टै कानून […]

पर्वत बेनीमा ३० करोडको लगानीमा तयार भयो होटल

ठाकुरप्रसाद आचार्य चैत ५ गते । म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ पर्वत बेनीमा ३० करोड रुपियाँ लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गरिएको छ । पर्वत बेनीका व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा होटल,गार्डेन,पार्कीङ सुविधा,दुईसय पचास जना क्षमताको पार्टी प्यालेस सहितको सुविधा सम्पन्न ४० कोठा भएको होटल संचालनको तयारी गर्नुभएको […]

बागलुङ बस दुर्घटना अपडेट ः आठको मृत्यु, उद्दार जारी

चैत ५ गते ।   बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो । अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकास खनालले जानकारी दिनुभयो । […]

बागलुङमा बस दुर्घटना हुँदा ७ को मृत्यु,२५ घाइते,उद्दार जारी

ठाकुरप्रसाद आचार्य बागलुङ, चैत ५ गते । पश्चिम रुकुमबाट काठमाण्डौका लागि यात्रु लिएर छुटेको रात्री बस बागलुङमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । पश्चिम रुकुमबाट काठमाडौंको लागि हिँडेको बागमती […]

म्याग्दीमा आठसय ६५ जना भूमिहिनको तथ्याङ्क संकलन

विकल्प न्यूज/बेनी चैत ५ गते । राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीले दुई वर्षको अवधिमा आठसय ६५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकाहरुको लगत संकलन गरेको छ । म्याग्दीले पदाधिकारी पाएको दुई बर्षमा लगत संकलन बाहेक भूमिहीन र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि थप काम भने गर्न सकेको छैन । भूमिहिन सम्बन्धी […]

बेनीको बरापाखो सामुदायिक वनमा भिषण आगलागी(फोटोसहित)

विकल्प न्यूज/बेनी चैत ५ गते । सदरमुकाम बेनी नजिक रहेको बराहपाखो सामुदायिक वनमा सोमबार दिउसो भीषण आगलागी भएको छ । बेनी नगरपालिका–७ र ८ क्षेत्र पर्ने सामुदायिक वनमा दिउसो देखि लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन । आगलागी भएपछि डिभिजन वन कार्यालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीका साथै स्थानीयले आगो […]

अन्नपूर्ण गाउँपालिकामा जिप दुर्घटना : २ जनाको मृत्यु

विकल्प न्यूज/बेनी चैत ५ गते । अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार गाउँ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको यात्रुवाहक जिप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसमेत दुई जनाको मृत्यु भएको छ । खोप्राबाट झरेका तीन जना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट पाउद्वार गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ सडकदेखि करिब […]

बेनी अस्पताल सात वर्ष देखि अलपत्र, सेवा प्रभावित

म्याग्दी, चैत ५ गते ।    कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए  बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । पचास श्ययाको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी बताउनुहुन्छ ।  “पचास […]

रघुगंगा २ रिसिनचौतारीका युवाहरुले सहयोग जुटाएर पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी चैत ४ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाहरुले श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गरेका छन् । वडा कार्यालय–भिरपाटा– चौर– रिसिनचौत्तारी हुँदै सिरूबारी आर्यघाट जार्ने पदमार्ग निर्माण अन्तरगत हाललाई बेनी जोमसोम सडक खण्ड अन्तरगत सिरुवारी आर्यघाट देखि रिसिनचौतारी सम्म पक्की पदमार्ग निर्माण गरिएको हो । सो पदमार्गको शनिबार सार्वजनिक सुनुवाई तथा […]

गलेश्वरमा निर्माण भएको कालीगण्डकी स्नानमार्ग उद्घाटन

विकल्प न्यूज/बेनी चैत ४ गते ।  म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित नवनिर्मित कालिगण्डकी स्नानमार्गको उद्घाटन गरिएको छ । धार्मिक स्थल गलेश्वरधामदेखि कालिगण्डकी नदीमा स्नान गर्न जान निर्माण गरिएको सडकको शनिबार गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री तथा सांसद रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ […]

म्याग्दीमा पूर्वाधार विकासका साझा योजनामा सामूहिक प्रतिवद्धता

ठाकुरप्रसाद आचार्य /बेनी म्याग्दी,चैत २ गते । म्याग्दीका राजनीतिक दल,जनप्रतिनिधि र सरोकारवालाहरुले सडक,पर्यटन पूर्वाधार,खेलकुद खानेपानी लगायत क्षेत्रको विकासका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छन् । नवौं जिल्ला सभामा सहभागि भएका संघ,प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन । गण्डकी प्रदेश र संघीय सरकारले तयार गर्न लागेको आयोजना बैंकमा समावेश गर्न जिल्लाका योजनाहरुलाई […]